गाेकुलगंगाकाे पलाते खाेलामा डुबेर गुल्मीकाे बुढाथोकीकाे मृत्युु
रामेछाप – गाेकुलगंगा गाउँपालिका ३ काे पलाते खाेलामा पाैडि खेल्ने क्रममा गुल्मीका निर्मल प्रसाद बुढाथोकीकाे डुबेर मृत्यु भएकाे छ । बुधबार दिउसाे पाैडी खेल्न गएका उनकाे डुबेर मृत्यु भएकाे हाे ।
खिम्ति १ जलविद्युत् परियाेजनामा कार्यरत हिमाल पावर लिमिटेडका सेक्युरिटी गुल्मी जिल्ला सत्यबति गाँउपालिका ८ धार्चे घर भएका ५० वर्षीया निर्मल प्रसाद बुढाथोकीकाे गाेकुलगंगा ३ स्थित पलाते खाेलामा पाैडी खेल्न जादा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ ।
खिम्ती १ जलविद्युत परियाेजनामा कार्यरत बुढाथोकी पलाते खाेलामा पाैडी खेल्न गएका थिए । पाैडी खेल्न गएका बुढाथोकी बेपत्ता भएपछि उनकाे खाेजी भएकाे हाे ।
प्रहरीले स्थानीय र जेसिभिकाे सहायतामा बुढाथोकीलाई मृत अवस्था खाेलाकाे १५ फिट मुनिबाट निकालिएकाे रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भाेला कुमार भट्टले जानकारी दिए ।
बुढाथोकीकाे शब पाेष्टमाटमका लागि मन्थली ल्याइदै गरेकाे र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
क्याटेगोरी : दुर्घटना, समाचार, समाज
ताजा अपडेट
- १ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- २ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ३ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ४ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ५ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ६ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ७ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ८ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा












प्रतिक्रिया दिनुहोस