• काेसिस न्यूज
  • टाेकरपुरमा पहिराे जादा गाेठ पुरियाे , ५ घर जाेखिममा


    रामेछाप – दाेरम्बा सैलुङ् गाउँपालिका ३ टाेकरपुरकाे चाइना खाेलामा गएराति आएकाे पहिराेले एक गाेठ पूरिएकाे छ । ५ घर जाेखिममा परेकाे छ ।

    पहिराेले चेली बसेलकाे गाेठ पुर्दा गाेठ भित्र रहेकाे दुई वटा गाई पुरिएकाे र गाेठमा पुर्णरुपमा क्षति पुगेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएकाे छ । त्यसैगरी पहिराेकाे जाेखिममा परेका झगडसिंङ बसेलकाे परिवारलाई उनकाे भाइ हरिकृष्ण बसेलकाे घरमा स्थानतरण गरिएकाे छ ।

    यसैगरी उक्त पहिराेकाे जाेखिममा रहेकाे ५ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानतरणका लागि पहल गरिरहेकाे पालिकाकी उपाध्यक्ष खमला मगरले जानकारी दिईन् ।

    पहिलाेले पुरिएकाे पशु चाैपाएकाे उत्खनन् तथा जाेखिममा परेकाहरुकाे स्थानतरणका लागि खड्गदल गण र नेपाल प्रहरीले संयुक्त रुपमा प्रयास गरिरहेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भाेला कुमार भट्टले जानकारी दिए ।

    वर्षाका कारण बाढी पहिराेकाे जाेखिम बढेकाले सबैलाइ सतर्कता अपनाउन र सजक भएर बस्न प्रहरी प्रमुख भट्टले अनुराेध समेत गरेका छन् ।


    क्याटेगोरी : विविध, समाचार

    प्रतिक्रिया दिनुहोस