• काेसिस न्यूज
  • खिम्तीमा अबरुद्ध सडक एकतर्फी खुल्याे


    रामेछाप – रामेछापको मन्थलीबाट चरिकोट तर्फ जाने सडक खण्ड अन्तर्गत खिम्ती पुल नजिकै पहिराे गएर अवरुद्ध भएकाे सडक एकतर्फी खुलेकाे छ । केहिदिन देखि परेकाे वर्षाका कारण आइतबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको थियाे ।

    रामेछापकाे खिम्तीखाेलाकाे पुल नजिकै दोलखातर्फ पहिरो खस्दा सडक अवरुद्ध भएको थियाे । अवरुद्ध सडक हाल एकतर्फी यातायात संचालन गर्न सकिने गरि खुलाइएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक भाेला भट्टले जानकारी दिए ।

    पहिराेकाे जाेखिक अझै भएकाले आवस्यक सतर्कता अपनाएर हिन्न प्रशासनले आग्रह गरेकाे छ ।


    क्याटेगोरी : विविध, समाचार

    प्रतिक्रिया दिनुहोस