गृहिणी महिलाका लागि पशुपालन तालिम
रामेछाप – राष्ट्रपति महिला उत्थान जिबिकाेपार्जन कार्यक्रम अन्तरगत गृहीणी महिलाहरुका लागि पशुपालन सम्बन्धि आधारभूत तालिम प्रदान गरिएकाे छ। लिखताममकाेशी गाँउपालिका ५ का १५ जना महिलाहरुका लागि उक्त तालिम प्रदान गरिएकाे हाे ।
युनेस्को रामेछाप संगी शिक्षा कार्यक्रमकाे प्राबिधिक सहयाेगमा पालिकाकाे वडा नम्बर ५ का महिलाहरूलाई ५ दिन आधारभूत पशुपालन सम्बन्धि तालिम प्रदान गरेकाे युनेस्को रामेछापकि अध्यक्ष कल्पना खड्काले जानकारी दिइन् ।
घरकाे काममा व्यस्त महिलाहरू घरमै बसेर काम गर्दै आयआर्जन गर्न सहयोग पुर्याउने उद्देश्यले पशुपालन सम्बन्धि तालिम प्रदान गरिएकाे छ । तालिममा सहभागी महिलाहरू तालिम पश्चात् पशुपालन सुरु गर्नबा लागि आर्थिक सहयाेग समेत उपलब्ध गराएकाे अध्यक्ष खड्काले जानकारी बताईन् ।
तालिममा पशुपालन गर्ला देखा पर्ने समस्या ,राेग तथा उपचारहरु सँग सम्बन्धित आधारभूत ज्ञानका लागि पालिकाका पशु प्राविधिक महेश नारायण श्रेष्ठ र संगिता श्रेष्ठले तालिम प्रदान गरेका थिए ।
तालिममा सहभागी महिलाहरू तालिमसँगै आर्थिक सहयाेग पाएपछि व्यवस्थित र व्यवसायीक हिसाबले पशुपालन सुरु गर्ने बताए ।
क्याटेगोरी : कृषि, समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस