प्रेस युनियनको ३४ ओैं स्थापना दिवसमा पत्रकारकाे आँखा परिक्षण
रामेछाप – नेपाल प्रेस युनियन रामेछापले प्रेस युनियनको ३४ ओैं स्थापना दिवसकाे अवसरमा पत्रकारकाे आँखा परिक्षण गराएकाे छ । युनियनकाे स्थापना दिवसका अवसरमा युनियनले मंगलबार शिविरकाे आयाेेेजना गरेकाे हाे ।
तिलगंगा आँखा प्रतिसष्ठान सामुदायिक आँखा केन्द्र मन्थलीकाे समन्वयमा प्रेस युनियन रामेछापले पत्रकारहरुकाे निःशुल्क आँखा परिक्षण तथा चश्मा वितरण गर्ने कार्यक्रम गरेकाे हाे ।
शिविरमा रामेछापका २८ जना पत्रकारले आँखा परिक्षण गराएका छन् । आँखा परिक्षणमा विभिन्न समस्या देखा परेर चश्माकाे प्रयाेग गर्न पर्ने समस्या भएका २५ जना पत्रकारलाई नि:शुल्क चश्मा समेत उपलब्ध गराइएकाे युनियन रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले जानकारी दिईन् ।

परिक्षणका क्रममा सुक्खा आँखा,दृष्टिदोष, चालिसे लाग्नु ,आँखा पाक्ने र आँखाको एलर्जि लगाएकाे समस्या देखा परेकाे आखा केन्द्र मन्थलीका प्रमुख उमेस तामाङले जानकारी दिए ।
सिविरमा सहभागी पत्रकारहरुले पत्रकार पेसागत हिसावले काम गर्ने सिलसिलामा अधिकांश समय कम्प्युटर , लापटप, क्यामेरा ,टेलिभिजन र माेवाईलमा बढि काम गर्ने भएकाले आँखाकाे समस्या बढी हुने हुद आँखा परिक्षण शिविर अत्यन्त आवस्यक र प्रभावकारी रहेकाे बताए ।
तिलगंगाकाे मन्थली सृवा केन्द्रले २५ वर्षदेखि सेवा प्रदान गरिरहेकाे छ । सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि मन्थलीमा अत्याधुनिक सेवा सहितकाे भवन निर्माण भइरहेको छ ।

क्याटेगोरी : विविध, समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस