गृहकाे तेस्रो त्रैमासिक कार्यसम्पादन मुल्यांकनमा ,प्रजिअ पाैडेललेकाे कार्याकालमा रामेछाप पहिलो
रामेछाप – गृह मन्त्रालयकाे तेस्रो कार्यसम्पादक मुल्यांकनमा प्रमुख जिल्ला अधिकारी राजु पाैडेललकाे कार्यकालमा रामेछाप जिल्ला पहिलाे भएकाे छ । गृहले सार्वजनिक गरेकाे तेस्रो त्रैमासिक नतिजा (माघ- फाल्गुन र चैत्र) मा रामेछाप पहिलो भएकाे हाे ।
जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवाका विषयमा गृह मन्त्रालयद्वारा गरिने कार्यसम्पादन मुल्यांकनमा यस पटक रामेछाप जिल्ला पहिलो भएकाे छ । गृहले प्रत्येक तीन महिनामा कार्यसम्पादन मुल्यांकन नतिजा र्सार्वजनिक गर्ने गरेकाे छ ।

यसरी गृहले गर्ने कार्यसम्पादन मुल्यांकनमा यस अघि सार्वजनिक भएको दाेस्राे त्रैमासिक (कात्तिक -मंसिर र पाैष) काे नतिजामा रामेछाप दाेस्राे भएकाे थियाे ।

गृह मन्त्रालयले जिल्ला प्रशासनबाट प्रवाह हुने सेवाहरु शान्ति सुरक्षा ,विपद व्यवस्थापन ,लागुओैषध नियन्त्रण ,विकास निर्माणमा सहजिकरण ,कार्यालय व्यवस्थापन लगाएत विभिन्न एक सय वटा सुचकहरुमा आधारित रहेर कार्यसम्पादन मुल्यांकन गर्दा आएकाे प्राप्ताङ्ककाे आधारमा श्रेणी निर्धारण गर्ने गर्दछ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस