• काेसिस न्यूज
  • गृहकाे तेस्रो त्रैमासिक कार्यसम्पादन मुल्यांकनमा ,प्रजिअ पाैडेललेकाे कार्याकालमा रामेछाप पहिलो


    रामेछाप – गृह मन्त्रालयकाे तेस्रो कार्यसम्पादक मुल्यांकनमा प्रमुख जिल्ला अधिकारी राजु पाैडेललकाे कार्यकालमा रामेछाप जिल्ला पहिलाे भएकाे छ । गृहले सार्वजनिक गरेकाे तेस्रो त्रैमासिक नतिजा (माघ- फाल्गुन र चैत्र) मा रामेछाप पहिलो भएकाे हाे ।

    जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवाका विषयमा गृह मन्त्रालयद्वारा गरिने कार्यसम्पादन मुल्यांकनमा यस पटक रामेछाप जिल्ला पहिलो भएकाे छ । गृहले प्रत्येक तीन महिनामा कार्यसम्पादन मुल्यांकन नतिजा र्सार्वजनिक गर्ने गरेकाे छ ।

    यसरी गृहले गर्ने कार्यसम्पादन मुल्यांकनमा यस अघि सार्वजनिक भएको दाेस्राे त्रैमासिक (कात्तिक -मंसिर र पाैष) काे नतिजामा रामेछाप दाेस्राे भएकाे थियाे ।

    गृह मन्त्रालयले जिल्ला प्रशासनबाट प्रवाह हुने सेवाहरु शान्ति सुरक्षा ,विपद व्यवस्थापन ,लागुओैषध नियन्त्रण ,विकास निर्माणमा सहजिकरण ,कार्यालय व्यवस्थापन लगाएत विभिन्न एक सय वटा सुचकहरुमा आधारित रहेर कार्यसम्पादन मुल्यांकन गर्दा आएकाे प्राप्ताङ्ककाे आधारमा श्रेणी निर्धारण गर्ने गर्दछ ।


    क्याटेगोरी : विविध, समाचार

    प्रतिक्रिया दिनुहोस