गणतन्त्र दिवसका अवसरमा जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपूर्ण फुटबल
रामेछाप – गणतन्त्र दिवसकाे अवसरमा जनप्रतिनिधि र कर्मचारी बिच मैत्रीपूर्ण फुटबल खेल भएकाे छ । दिवसकाे अवसरमा आयाेजित मैत्रीपूर्ण खेल नागकन्या माविको खेल मैदान भएकाे हाे ।
गणतन्त्र दिवस मुल आयाेजक समिति रामेछापले आयाेजना गरेकाे मैत्रीपुर्ण फुटबल खेलमा जनप्रतिनिधिकाे टिमकाे नेतृत्व जिल्ला समन्वय समितिकाे प्रमुख चिना खड्काले गरेकी थिइन् भने कर्मचारीकाे टिमकाे प्रमुख जिल्ला अधिकार श्यामकृष्ण थापाले नेतृत्व गरेका थिए ।

खेलमा सहभागी हुँदै समन्वय प्रमुख चिना खड्काले खेल अत्यन्त रमाइलाे भएकाे र यस्ता किसिमकाे कार्यक्रमले मानिसलाई सिर्जशिल बनाउने बताईन् ।
त्यस्तै प्रजिअ श्याकृष्ण थापाले खेलले मनाेरञ्जन प्रदान गर्नुका साथै स्वस्थ्य रहन मद्दत गर्ने भएकाले यसरी समय- समयमा खेलकाे कार्यक्रम पनि गर्नुपर्ने बताए ।

खेलमा जनप्रतिनिधिकाे टिमलाई कर्मचारीकाे टिमले ९-१ ले हराउदै कर्मचारीकाे टिम बिजयी भएका छन् ।

क्याटेगोरी : खेलकुद, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस