रामेछापका सबै सरकारी कार्यालयमा सेवाग्राहीले क्यूआर काेण मार्फत गुनासाे गर्न सक्ने
रामेछाप – जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लाका सबै सरकारी कार्यालयका सेवाग्राहीले क्युआर मार्फत गुनासाे गर्न सक्ने व्यवस्था मिलाएकाे छ । प्रशासनले एक कार्यक्रममा क्यूआर काेण सार्वजनिक गरेर सेवाग्राहीले क्यूआर काेण स्कान गरेर सम्बन्धित कार्यालयलाई गुनासाे गर्न सक्ने व्यवस्था गरेकाे जानकारी दिएकाे छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले प्रविधिकाे प्रयाेगबाट नागरिकको गुनासाे तथा सुझाव लिन, सेवा प्रवाहलाई चुस्तदुरुस्त , पारदर्शी र व्यवस्थित बनाउन र नागरिकको सुझावलाई आत्मसात् गर्दै सेवा प्रवाहमा आवस्यक सुधार ल्याउनका लागि क्यूआर काेण मार्फत सुझाव तथा गुनासाे लिने व्यवस्था मिलाएकाे बताए ।
प्रशासनले २ वटा क्यूआर काेण सार्वजनिक गरेकाे छ । जस मध्ये एउटमा कार्यालयले प्रवाह गर्ने सेवा प्रवाहका विषयमा वडापत्र हेर्न सकिने छ भने अर्काे क्यूआरमा भने गुनासाे गर्न सकिने छ ।


क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस