बेपत्ता भुजेलकाे शव फेला
रामेछाप – सुनकोशी नदीमा माछा मार्न गएका रामेछाप नगरपालिका–९ का ५१ वर्षीय प्रेम बहादुर भुजेल बेपत्ता भएको पाँच दिनपछि उनकाे शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार यहि जेठ ४ गते दिउँसो माछा मार्न नदी तर्फ गएका भुजेल बेपत्ता भएका थिए ।
शुक्रबार बिहान करिब सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित वलेनीघाट नजिकै सुनकोशी नदी किनारमा उनकाे शव फेला परेको प्रहरीले जानकारी दिए काेसि किनारमा बेवारिसे शब फेला पारेर स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेर शवकाे पहिचान गर्दा शव बेपत्ता भएका भुजेलकै भएकाे पुष्टि भएकाे प्रहरी जनाएकाे हाे ।
घटनासम्बन्धी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस