रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
रामेछाप – रामेछापमा नेपाल डेरी एसोसिएसन
जिल्ला समितिको गठन भएकाे छ । आइतबार गठन भएकाे एसाेसिएसनकाे अध्यक्षमा भानुभक्त श्रेष्ठ चयन भएका छन् ।
रामेछाप जिल्लाका दुग्ध उद्यमीहरूको भेलाले चिरञ्जीवी डेरी उद्योग मन्थलीका सञ्चालक श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो भने उपाध्यक्षमा समृद्धि डेरी उद्योगका मनोहर कुमार कार्की , सचिवमा रामेछाप डेरीका किशोर पौडेल र कोषाध्यक्षमा गाेठपानि देवी उद्योगका केशरबहादुर खत्री चयन भएका छन् भने सदस्यमा बलराम मगर चयन गरिएकाे छ ।
डेरी उद्योगीहरुकाे भेलामा बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेल, नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दिवप्रसाद धमला, राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य रामभक्त दाहाल, नेपाल डेरी बागमती प्रदेशका अध्यक्ष टिकाप्रसाद घिमिरे लगायतकाे उपस्थिति थियाे ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस