सरकार बादर र बँदेल नियन्त्रणमा लागेकाे छ : राज्यमन्त्री तामाङ
रामेछाप – नेपाल सरकारकाे उर्जा जलस्रोत तथा सिचाइ राज्यमजन्त्री पुर्ण बहादुर तामाङ कान्छारामले सरकार बादर र बँदेल नियन्त्रणमा लागेकाे बताएका छन् । रामेछाप कृषि, पर्यटन तथा ओैधाेगिक मेला समापन कार्यक्रमा बाेल्दै उनले यस्ताे बताएका हुन ।
रामेछापको सदरमुकाम मन्थलीमा संचालन भइरहेको मेलाकाे शनिबार समापन समारोहमा राज्य मन्त्री तामाङले कृषि उत्पादनलाई वृद्धि गर्नुपर्ने बताउदै उनले विभिन्न ठाउँमा बादर र बदेलले किसानकाे उत्पादन नष्ट गर्ने , क्षेति पुर्याउने र किसानलाई दुःख दिने गरेकाे उल्लेख गर्दै सरकार त्यसतर्फ सचेत रहेकाे र त्यसका लागि बादर र बँदेल नियन्त्रणमा लागिपरेका बताए ।
त्यसैगरि उनले आगामी बर्षहरुकाे महाेत्सबमा खुला चाैरमा त्रिपाल टागेर बस्न नपर्ने गरि ठुलाे क्षमताकाे अत्याधुनिक हल निर्माण गर्ने बताए । उनले रामेछाप जिल्लामा कार्यक्रम गर्ने हलकाे आवस्यकता भएकाे उल्लेख गर्दै आफ्नाे कार्यकाल भरिमा जिल्लामा एउटा अत्याधुनिक हल निर्माण गर्ने याेजना रहेकाे बताए ।
त्यस्तै जिल्लाका विभिन्न सुनापति, रामेछाप र मन्थलीमा खानेपानीकाे लागि बजेट व्यवस्था मिलाएकाे उल्लेख गर्दै मन्थलीमा २४ सै घण्टा धारामा पानी आउनेगरि खानेपानीकाे व्यवस्था मिलाउने बताए ।
१० दिनदेखि संचालनमा रहेकाे महाेत्सबकाे समापन समारोहमा उत्कृष्ट स्थानिय कलाकार ,प्रदर्शनीमा आएका उत्कृष्ट उत्पादक, कृषक तथा व्यवसायी ,कार्यक्रमका सहयोगी संघसंस्थालाई पुरस्कार तथा कदरपत्र प्रदान गरिएकाे छ भने कार्यक्रमका आयाेजकले कार्यक्रमका अतिथिहरुलाई काेसेली स्वरुप जुनार प्रदान गरेका थिए ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस