रामेछाप जेसिजद्वारा सहिद दिवसमा दिप प्रज्वलन
रामेछाप – रामेछाप जेसिजले सहिदकाे संझनामा दिप प्रज्वलन गरेर सहिद दिवस मनाएको छ । बुधबार जेसिजले मन्थली स्थित तिनलाल पार्कमा दिप प्रज्वलन गरेर सहिद दिवस मनाएकाे छ ।
कार्यक्रम रामेछाप जेसिजका कार्यकारिणी उपाध्यक्ष सुमन खड्काकाे अध्यक्षमा भएकाे थियाे भने बागमती प्रदेश सभा सदस्य तथा बागमती प्रदेशसभाका उद्योग ,पर्यटन तथा वातावरण समितिका सभापति आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा भएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले सहिद गंगालाल श्रेष्ठ ,कृष्णलाल अधिकारी र पुष्पलाल श्रेष्ठलाईलाई स्मरण गर्दै सहिदको सालिकमा माल्यार्पण गरेका थिए ।
त्यसैगरी मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ,रामेछाप जेसिजका पदाधिकारीहरु लगाएतले सहिदकाे स्मरणमा माैनधारण गर्दै माल्यार्पण गरेका थिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस