जिल्ला अस्पताल रामेछापमा एकै दिन १ सय ४५ ले लिए विशेषज्ञ सेवा
रामेछाप – जिल्ला अस्पताल रामेछाप रामेछापमा आइतबार संचालन भएकाे विशेषज्ञ चिकित्सककाे सेवा १ सय ४५ जनाले लिएका छन । अस्पतालले मुटु रोग ,स्त्री राेग र नाक कान तथा घाँटी रोगका विशेषज्ञ चिकित्सकद्वारा परिक्षण सेवा संचालन गरेकाे हाे ।
साे क्रममा मुटु रोगका ६० जना,स्त्री रोगका ३५ जना र नाक कान तथा घाँटी रोगका ५० जना बिरामीले सेवा लिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठले जानकारी दिए ।
अस्पतालले महिनाको १ दिन विशेषज्ञ चिकित्सककाे सेवा उपलब्ध गराउदै आएकाे छ । जिल्लामा भएका बिरामीहरुले उपचारका लागि अन्यत्र ठाउँ धाउन नपराेस भन्ने उदेश्यले केही समय देखि अस्पतालले विशेषज्ञ चिकित्सकद्वारा
स्वस्थ्य परिक्षणकाे व्यवस्था मिलाउदै आएकाे डाक्टर श्रेष्ठले बताए ।
विशेषज्ञ सेवाका लागि विर अस्पतालमा कार्यरत मुटु रोग विशेषज्ञ डा.कुन्जन शेर्पा ,नेपाल मेडिकल कलेज जोरपाटीमा कार्यरत स्त्री रोग विशेषज्ञ डा.रश्मी बास्ताकोटी र नेपाल मेडिकल कलेज जोरपाटीमा कार्यरत नाक कान तथा घाँटी रोग विशेषज्ञ डा. सुमेध मिश्र आएका थिए ।
त्यसैगरी यहि पौष २४ गते बुधबार पेट ,आन्द्रा तथा कलेजो रोग विशेषज्ञ र मानसिक तथा नशा रोग विशेषज्ञद्वारा सेवा प्रदान गरिएको थियाे ।
क्याटेगोरी : विविध, समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस