रवि लामीछानेलाइ बयानको लागी रुपन्देही लगीयो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले रुपन्देही लगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई आज बिहान पोखराबाट हवाईजहाजमार्फत प्रहरीले भैरहवा हुँदै बुटवल लगेको हो ।
लामिछाने सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा थीए । उनलाई रुपन्देहीको सुप्रिम सहकारीको रकम पनि अपचलन गरेको आरोप लागेको छ । रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले सकेसम्म आजै लामिछानेको बयान सक्ने तयारी रहेको र बढीमा तीन दिनमात्र रुपन्देहीमा राख्ने योजना रहेको बताए । अहिले सरकारी वकिलको कार्यालयमा बयान चलिरहेको छ
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गैरकानूनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगेर खर्च गरेको संसदीय छानविन समितिले उल्लेख गरेको थियो । लामिछानेलाई यही कात्तिकको २ गते काठमाण्डौबाट पक्राउ गरेर पोखरा लगीएको हो । प्रहरीले अदालतबाट चौथो पटक पनि म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : विविध
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस