नेकपा एमाले रामेछापकाे अध्यक्षमा कडरिया , सचिवमा कार्की
रामेछाप – नेकपा एमाले रामेछापको अध्यक्षमा पुरुषाेत्तम कडरिया र सचिवमा प्रकाश कार्की निर्विरोध निर्वाचित भएका छन् । एमाले रामेछापकाे नवाैं जिल्ला अधिबेशनमा अध्यक्षमा कडरिया र सचिवमा कार्की निर्विरोध चयन भएका हुन् ।
उपाध्यक्षमा हाेतराज ढकाल ३ सय १० मत सहित निर्वाचित भएका छन् भने , प्रतिशप्रर्धी ध्रबकुमार कार्कीले २ सय ८७ मत प्राप्त गरेका थिए । त्यस्तै रमेश कुमार वाग्लेले ४७ मत र ज्ञानबहादुर खड्काले ३१ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपसचिव खुल्लामा मिलन कुमार घिसिङ ५ सय ९ मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने प्रतिस्पर्धी दिनेश सुवेदीले १ सय १८ र राजेन्द्र कुमार कार्कीले ४८ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपसचिव महिलामा मखमली श्रेष्ठ ४ सय ४० मत सहित निर्वाचित भएकी छिन् भने उनको प्रतिस्पर्धी अनिता तामाङ राईफे ८०,कमला शर्मा क्षेत्रीले ७८ र मञ्जुमाया कार्कीले ७७ मत प्राप्त गरेकी छिन् ।
त्यसैगरी लेखा कमिटी अध्यक्षमा रामप्रसाद देवकोटा सर्वसहमतीबाट चयन भएका छन् । उक्त कमिटीको उपाध्यक्षमा तेजबहादुर बाेहाेरा र सचिवमा तिलक कार्की चयन भएका छन् ।
अधिबेशन एमालेका उपाध्यक्ष बिष्णु पाैडेलले बुधबार उद्घाटन गरेका थिए । अधिबेशनमा जम्मा ७ सय प्रतिनिधि थिए । जसमध्ये ६ सय ७५ जनाले मतदान गरेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- २ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ३ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ४ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ५ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ६ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ७ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ८ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति















प्रतिक्रिया दिनुहोस