रेशम चौधरीलाइ आममाफी दिन राष्ट्रपतिलाइ सिफारिस
काठमाडौ – टिकापुर हत्याकाण्डको मुद्दामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिलाइ सिफारिस गर्ने मन्त्रिपरिसदको बैठकले निर्णय गरेको छ । आइतबार बसेको मन्त्रि परिसदको बैठकले यस्तो निर्णय गरेको हो ।
चौधरीको असल चाल चलन भएको भनेर कारागार व्यवस्था विभागबाट पत्र प्राप्त भएको भन्दै मन्त्रि परिसदबाट चौधरीलाई गणतन्त्र दिवसका अवसरमा आममाफी दिनका लागि राष्ट्रपतिलाइ सिफारिस गरेको हो ।
यसअघि आममाफीका लागि आएको पत्र राष्ट्रपतिले गृह मन्त्रालयलाइ फिर्ता गरेका थिए । उक्त फाइलमा मन्त्रिपरिसदले पुनः निर्णय गदै आम माफीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।
चौधरीलाई जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिद्धारा आम माफी दिने योजनामा सरकार रहेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस