सनराइज बैंककाे मेहेन्दी उत्सब कार्यक्रम
रामेछाप – सनराइज बैंक मन्थली शाखाले मेहेन्दी उत्सव कार्यक्रम गरेकाे छ । शाखाले बुधबार अायाेजना गरेकाे उत्सव कार्यक्रममा सय जना बन्दा बढी महिलाहरु सहभागी भएका थिए ।
सनराइज बैंक मुनाफामुखि मात्र नभइ सेवामुखी कार्यहरु पनि गर्ने भएकाे हुला यस्ता चाडवर्प र विशेष समयमा सामाजिक सेवाका कार्यहरु पनि गर्ने गरेकाे मन्थली शाखा प्रमुख रमेश सुवेदीले जानकारी दिएका छन् ।
कार्यक्रमकी प्रमुख अतिथि क्रियाशील पत्रकार महिला (WWJ) रामेछापकी अध्यक्ष ज्ञानु श्रेष्ठले मुनाफाका लागि खाेलीएका वित्तीय संस्थाले यसरी गरेकाे नारीकाे सम्मानार्थ मेहेन्दी उत्सव कार्यक्रमले बैंक र समुदायबीचकाे सम्बन्ध सुमधुर एंव मजबुत बनाउन बल पुग्ने बताइन । यस्ताे कार्यक्रमले सामाजिक सद्भाव वृद्धि हुने भएकाले कार्यक्रमलाई निरन्तरता दिन श्रेष्ठले सुझाव दिइन ।
बैंकका सेवाग्राही ,सर्वसाधारण तथा विभिन्न पेसा व्यवस्था गर्ने भन्दा बढी महिलाहरुले हातमा मेहेन्दी लगाएर कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रम बिहान १० बजेदेखि साँझ ५ बजे सम्म बैंकको शाखा कार्यलय मन्थलीमा संचालन गरिएकाे थियाे ।
क्याटेगोरी : विविध, समाचार, समाज
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस