सवै संग समन्वय गरेर काम गर्छु : कार्की
रामेछाप । जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले जिल्लाका सरोकारवाला सवै पक्ष संग समन्वय गरेर काम गर्ने वताएकी छिन् । सोमबार जिल्ला समन्वय समितिमा पदभार ग्रहण गर्दै कार्कीले जिल्लाका ८ वटै स्थानीय तहमा आईपर्ने समस्या समाधानका साथै विकास निर्माणका कार्यहरुलाई समन्वयात्मक ढंगले अघी बढाउने योजना रहेको वताईन । उनले जिल्ला समन्वय समितिमा रहेका सवै साथिहरुले कुनै दल विशेष भन्दा माथि निस्केर जिल्लाबासी नागरिकको भलाई हुने काममा दत्तचित्त भएर लाग्ने सुनाईन ।
समितिका उप प्रमुख प्रेमवहादुर थापाले संरचनागत हिसावले जिल्ला समन्वय समिति आफैमा विकास निर्माण गर्ने दायित्व नरहेपनि जिल्लाका सवै विकास निर्माण कार्यको अग्रणी भूमिकामा रहेकोले उक्त भूमिकालाई कमजोर नहुने गरी काम गर्ने विश्वास दिलाए । कानुनले प्रदत्त गरेको अधिकारको अधिकत्तम प्रयोग गरेर नागरिकको इच्छा बमोजिम अवका दिनमा काम गर्ने थापाले वताए ।
आईतबार भएको निर्वाचनबाट जिल्ला समन्वय समितिमा निर्वाचित प्रमुख कार्की र उप प्रमुख थापा सहित सवै सदस्यले सोमबार कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन् । जिल्ला समन्वय अधिकारी झनकवहादुर खत्रीले निर्वाचित पदाधिकारीलाई जिल्ला समन्वयमा स्वागत गरेका थिए । समितिमा ७ जना सदस्य रहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस