अागामी भाद्र मसान्तसम्म सडक खन्न नपाइने
काठमाडौ – नेपाल सरकार अागामी भाद्र महिना सम्म सडक खन्ने काम बन्द गर्ने भएकाे छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले आगामी भाद्र महिना सम्म सडक खन्न स्वीकृति नदिने बताएको छ।
असार साउन र भाद्र महिनामा बर्षाकाे समय भएकाले धारा, ढल, बिजुली, टेलिफोन लगायत विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने भएकोले भाद्र मसान्तसम्म सडक खन्ने काममा रोक लगाइएको मत्रालयले जनाएकाे छ ।
सडक विभागले बुधबार सार्वजनिक सूचना निकालेर बर्षायाममा विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा सडक ल्याउन नसकिने र सडक थप बिग्रने भएकोले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक डिभिजन मातहतका कुनै पनि सडक खन्न स्वीकृत नदिइने जनाएकाे छ । त्यसैगरि जबर्जस्ती सडक खनेको पाइएमा सडक ऐन २०३१ अनुसार कारबाही गरिने समेत सुचना मार्फत विभागले जानकारी गराएकाे छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस