मेराे प्राथमिकता अार्थिक रुपमा अात्मा निर्भर महिला : उपाध्यक्षका उम्मेदवार माेक्तान
रामेछाप – सुनापति गाउँपालिकाकाे उपाध्यक्षकाे उम्मेदवार शान्ति माेक्तानले पालिकाका महिलालाई अार्थिक रुपमा अात्मनिर्भर बनाउने याेजनालाई प्राथमिकता दिने बताएकी छिन् ।
नेपाली कांग्रेसकाे तर्फबाट सुनापति गाउँपालिकाकाे उपाध्यक्ष पदकाे उम्मेदवार माेक्तानले पालिकाका महिलाहरूलाई सीप मूलक तालिम प्रदान गरेर स्वराेजगार बनाउनका साथै अार्थिक रुपमा अात्म निर्भर बनाउने याेजनालाई पहिलाे प्राथमिकतामा राखेर काम गर्ने बताएकी छिन् । यसैगरि उनले पालिकालाई भ्रष्टाचार मुक्त बनाउन र समृद्ध पालिका बनाउन लागि अाफुले अहम् भुमिका खेल्ने बताइन । त्यसैगरि घरेलु उत्पान तथा माैलिक भाषा ,संस्कृतिकाे संरक्षण गर्दै पर्यटनलाई जाेड दिने माेक्तानले बताएकी छिन । पालिकाका महिलाहरू सबैलाई समान व्यवहार गर्दै सबैकाे न्यायमा समान पहुँचकाे व्यवस्था मिलाउने पालिकाकी उपाध्यक्ष माेक्तानले प्रतिज्ञा गरेकी छिन ।
माेक्तान नेपाली कांग्रेसकाे राजनितीमा लामाे समय देखि सक्रिय रहेकी उनी हाल नेपाली कांग्रेसकाे प्रदेश महाधिवेशन प्रतिनिधि समेत हुन । उनी समाजिक संघ संसथाहरु मार्फत सामाजिक सेवामा क्रियाशील व्यक्ति भएकाले अाफु स्थानिय तहमा निर्वाचित भएर पुन : समाज सेवा गर्ने माैका मिल्नेमा विस्वस्त रहेकाे बताउछिन ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस