घुम्तीसेवा मार्फत घर घरमा सेवा पुर्याउछु :वडा अध्यक्षका उम्मेदवार खड्का
रामेछाप – नेपाली कांग्रेस मन्थली नगरपालिका १४ फुलासीका वडा अध्यक्ष अभिराज खड्काले अध्यक्षमा निर्वाचित भए वडाका सबैखाले सेवा घुम्तिसेवा मार्फत नागरिकको घरमा पुगेर सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वडालाइ सम्बृद्व बनाउने १० बुदे प्रतिबद्धता सहित खड्काले अाफु वडा अध्यक्षमा निर्वाचित भएमा वृद्धहरुकाे सुविधाका लागि वृद्ध भत्ता घुम्तिसेवा मार्फत घरघर पुगेर सेवा प्रदान गर्ने बताएका छन्। साेमबार विस्लीमा भएकाे चुनावी सभामा बाेल्दै खड्काले नागरिककाे सेवालाई सहज , सरल र प्रभाकारी बनाउनका लागि २४ सै घण्टा नागरिककाे सेवामा
खटिने बताएका छन् । सुन्दर र सम्वृद्व वडा निर्माणका लागि १० बुदे प्रतिबद्धता व्यक्त गर्दै वडाकाे विकास र नागरिकको सेवामा अाफु अहाेरात्र खट्ने खड्काले प्रतिबद्धता व्यक्त गरेका छन् ।
खड्का नेपाली कांग्रेसक रामेछाप क्षेत्र २ काे पुर्व क्षेत्रीय सदस्य हुन् । नेपाली कांग्रेसकाे राजनिति मार्फत समाजसेवामा सक्रिय खड्का बैशाख ३० मा हुने स्थानिय तहकाे निर्वाचनमा मन्थली वडा नम्बर १४ काे वडा अध्यक्षकाे उम्मेदवार हुन ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस