कॉग्रेसमा उम्मेदवारको टुंगो लाग्यो
रामेछाप । रामेछापमा सत्तारुढ दल विच चुनावी गठवन्धन तोडिएपछि नेपाली कॉग्रेस एक्लै निर्वाचनमा जाने निर्णय सहित जिल्लाका ८ वटै पालिकामा उम्मेदवारको टुंगो लगाएको छ ।
सत्तारुढ दलरु विच चुनावी गठवन्धनका लागि एक साता भन्दा बढी अवधि सम्म भएका कुराकानीले मूर्त रुप नलिएपछि कॉग्रेस एक्लै निर्वाचनमा होमिएको हो । कॉग्रेस र माओवादी केन्द्र आफ्नै अडानमा रहदा गठवन्धनबाट साझा उम्मेदवार छनौट हुन नसकेको हो ।
नेपाली कॉग्रेसले जिल्लाका ८ वटै स्थानीय तहमा आफ्ना उम्मेदवार समेतको टुंगो लगाएको छ । नेपाली कॉग्रेस रामेछापका प्रवक्ता नारायणवहादुर बोगटीका अनुसार रामेछाप नगरपालिकाको प्रमुखमा लबश्री न्यौपानी र उप प्रमुखमा सुशिला लामा, मन्थली नगरपालिकाको प्रमुखमा विनोद कार्की र उप प्रमुखमा यशोदा श्रेष्ठलाई उम्मेदवार वनाइएको छ ।
यसैगरी लिखु तामाकोशी गाउँपाकिलाका अध्यक्षमा केशव महत र उपाध्यक्षमा सरस्वति गुरुङ (खड्का), गोकुलगंगा गाउँपालिकामा अध्यक्षमा काजिवहादुर खड्का ( दिनेश ) र उपाध्यक्षमा उषा कार्की , उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा जितवहादुर कटुवाल र उपाध्यक्षमा सावित्रा सुनुवारलाई कॉग्रेसले उम्मेदवार वनाएको छ ।
दोरम्बा शैलुङ गाउँपालिकामा अध्यक्ष पदमा मानवहादुर लामा र उपाध्यक्षमा खमला थापामगर, खॉडादेवि गाउँपालिकाको अध्यक्षमा नबराज थोकर र उपाध्यक्षमा चण्डिका उप्रेति र सुनापति गाउँपालिकाको अध्यक्षमा कमान खड्का ( दिपेन्द्र ) र उपाध्यक्षमा शान्ति लामालाई उम्मेदवार वनाइएको छ ।
यस अघी जिल्लामा रामेछाप नगरपालिका र उमाकुण्ड गाउंपालिकाको उपाध्यक्ष मात्र हात पारेको कॉग्रेसले यो पटक जिल्लाका आधा भन्दा बढी पालिकामा विजय हुने दावि गरेको छ । कॉग्रेसले जिल्लाका ६४ वटै वडाका अध्यक्ष समेतको टुंगो लगाइसकेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस