११ बर्ष पछि पक्राउ
रामेछाप – नकावधारी चोरी मुद्धामा अदालतबाट दोषि ठहर भई ११ बर्ष देखि फरार रहेका रामेछाप ७ सुकाजोरका श्यामकुमार खड्का पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार खड्कालाई शुक्रबार सुकाजोरको धिपिडाडा“बाट पक्राउ गरीएको हो । उनलाई अदालतले १ महिना ४ दिन कैद हुने र ५२ हजार ५ सय जरीवानाको फैसला सुनाएको थियो । फैसला कार्यान्वयनको लागि खड्कालाई शुक्रबारनै रामेछाप जिल्ला अदालतमा वुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अदालतबाट फैसला भएपछि दोषि ठहर भएका व्यक्तिहरु बर्षौदेखि लुकिछिपी हिडीरहेको सूचनाका आधारमा प्रहरीले केहि दिन अघी देखि खोजविनलाई तिव्र पारेको छ । बुुधबार मात्र प्रहरीले विभिन्न घटनामा सम्लग्न भई अदालतबाट दोषि ठहर भएका ६ जना फरार सूचिका व्यक्तिहरुलाई पक्राउ गरी अदालतमा वुझाएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने
- २ राति १० बजेपछि देउसी खेल्न नपाइने
- ३ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ४ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ५ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ६ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ७ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ८ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक















प्रतिक्रिया दिनुहोस