२८ वर्षदेखि फरार अभियुक्त डाेकाेभित्र लुकेकाे अवस्थामा फेला
रामेछाप – जिल्ला अदालत रामेछापबाट कर्तव्य ज्यान मार्ने उद्योगमा २० वर्ष कैद सजाय सुनाइएका ५५ बर्षिय होम बहादुर थापामगरलाई २८ वर्षपछि डाेकाेभित्र लुकिरहेकाे अबस्थामा प्रहरीले फेला पारेको छ ।
दोरम्बा शैलुङ गाउँपालिका–४ का अभियुक्त थापामगरलाइ प्रहरीले उनकै घरभित्र डोकोमा लुकीरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुंगानाले जानकारी दिएका छन्। २८ बर्ष अघि अदालतबाट २० वर्ष कैद सजाय सुनाएइका थापामगरलाई प्रहरीले विशेष सूचनाको आधारमा घरमा आएको मौका पारेर घरमा प्रहरी थापामगरकाे घर पुगेर खोजतलास गर्दा डोकोमा लुकेर बसेको अवस्थामा फेला पारेकाे ढुङ्गानाले बताए ।
जिल्ला अदालत रामेछापबाट २०५० फागुन १६ गते
कर्तब्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकिएको थियो । त्यसपछि २८ बर्षदेखि फरार रहेका थापामगरलाइ जिल्ला प्रहरी कार्यालय रामेछापबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
२०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई चक्कु प्रहार गरी थापामगरसहित ४ जनाले हत्या गरेकाे थिए भने अन्य दोषीहरु पक्राउ परि सजाय भुक्तान गरि सकेका छन् । पक्राउ परेका थापामगरलाई भने आजै जिल्ला अदालत रामेछापमा पेश गरिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख ढुङ्गाले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस