अर्चले आधारभुत विद्यालय हस्तान्तरण
रामेछाप – रामेछापको मन्थली नगरपालिका वडा नम्बर ३ अर्चलेमा पूननिर्माण भएको आधारभुत विद्यालय भवन शनिबार विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरीएको छ ।
नर्बेजियन सरकारको सहयोगमा युनोप्स मार्फत निर्माण पुरा भएको उक्त विद्यालय भवन मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले उद्घाटन तथा हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा उहॉले आधुनिक विद्यालय भवन सगैं शिक्षामा गुणस्तरता ल्याउन सक्नु पर्ने वताउनु भयो ।
कार्यक्रममा वडा अध्यव केशव रोका, नेपाली कॉग्रेस रामेछापका जिल्ला सदस्य घननारायण श्रेष्ठ, युनोप्सका सामाजिक विज्ञ कैलाश खड्का, मन्थली नगरपालिकाको न्यायीक समिति सदस्य नारायण वोगटी र खानी निर्माण सेवाका प्रतिनिधि रामबाबु घिमिरेले आ आफ्ना धारणा राख्नु भएको थियो ।
करिव २ करोड ४० लाखको लागतमा ६ कोठे विद्यालय भवन, अपांग मैत्री सौचालय, सौर्यउर्जा , फर्निचर लगाएतका पूर्वाधार निर्माण भएका हुन । विद्यालय निर्माणक लागि खानी निर्माण सेवा संग संझौता भएको थियो । उक्त निर्माण सेवाले तोकिएकै समयमा भवन निर्माणको कार्य पुरा गरी विद्यालयलाई हस्तान्तरण गरेको थियो ।
क्याटेगोरी : विविध, शिक्षा, समाचार
ताजा अपडेट
- १ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- २ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- ३ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ४ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ५ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ६ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ८ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक













प्रतिक्रिया दिनुहोस