प्रहरी दिवसमा श्रद्धाञ्जली कार्यक्रम

रामेछाप – ६६ औं प्रहरी दिवसको अवसरमा बुधबार जिल्ला प्रहरी कार्यालय रामेछापले श्र्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।
प्रहरी सेवामा रहदा विरगती प्राप्त गरेका अमर प्रहरीको स्मारकमा माल्यार्पण गर्नुका साथै सेवामा रहदा विशिष्ट योगदान गर्ने पूर्व प्रहरी कर्मचारी र उनीहरुका परिवारलाई सम्मान गरीएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमवहादुर खड्का, मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेत र प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले प्रहरीले सिमित साधन र श्रोतको भरमा कठिन अनुसन्धान र शान्ति सुरक्षामा महत्वपूर्ण कार्य गरेकोमा प्रशम्सा गरेका थिए ।
कार्यक्रममा प्रहरी दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडी , प्रहरीलाई जग्गादान गर्ने जग्गादाता , वयोवृद्ध पूर्व प्रहरी कर्मचारी र अमर प्रहरीका परिवारलाई सम्मान गरीएको थियो । प्रहरी नायव उपरिक्षक नबराज ढुङ्गानाले समाजमा अपराध नियन्त्रण र अपराध अनुसन्धान कार्यमा नागरिकको सहयोग भएमा प्रहरीले जस्तो सुकै चुनौतिको सामाना गरेर काम गर्ने वताएका थिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ दशै टीकाकाे उत्तम साइत कहिले ?
- २ आज देशभर सार्वजनिक बिदा
- ३ बिपी राजमार्गमा असोज १ गतेदेखि २४ सै घण्टा सवारी सञ्चालनमा ल्याइने
- ४ सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण
- ५ रामेछाप कारागार ताेडेर कैदीले गरे भाग्ने प्रयास, नियन्त्रणमा लिनखाेज्दा २ काे मृत्यु ११ घाइते
- ६ गृहमन्त्री लेखकले दिए राजीनामा
- ७ भव्य समारोहका बिच रामेछाप नगरपालिका बालमैत्री घोषणा
- ८ शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्छ ः राष्ट्रपति पौडेल
प्रतिक्रिया दिनुहोस