प्रहरी दिवसमा श्रद्धाञ्जली कार्यक्रम
रामेछाप – ६६ औं प्रहरी दिवसको अवसरमा बुधबार जिल्ला प्रहरी कार्यालय रामेछापले श्र्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।
प्रहरी सेवामा रहदा विरगती प्राप्त गरेका अमर प्रहरीको स्मारकमा माल्यार्पण गर्नुका साथै सेवामा रहदा विशिष्ट योगदान गर्ने पूर्व प्रहरी कर्मचारी र उनीहरुका परिवारलाई सम्मान गरीएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमवहादुर खड्का, मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेत र प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले प्रहरीले सिमित साधन र श्रोतको भरमा कठिन अनुसन्धान र शान्ति सुरक्षामा महत्वपूर्ण कार्य गरेकोमा प्रशम्सा गरेका थिए ।
कार्यक्रममा प्रहरी दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडी , प्रहरीलाई जग्गादान गर्ने जग्गादाता , वयोवृद्ध पूर्व प्रहरी कर्मचारी र अमर प्रहरीका परिवारलाई सम्मान गरीएको थियो । प्रहरी नायव उपरिक्षक नबराज ढुङ्गानाले समाजमा अपराध नियन्त्रण र अपराध अनुसन्धान कार्यमा नागरिकको सहयोग भएमा प्रहरीले जस्तो सुकै चुनौतिको सामाना गरेर काम गर्ने वताएका थिए ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान













प्रतिक्रिया दिनुहोस