निपाह भाइरस सङ्क्रमण: सतर्कता अपनाउन विज्ञको सुझाव
काठमाडौं,भदौ २८ गते ।भारतमा निपाह भाइरस सङ्क्रमणको कारणले मानिसको मृत्यु हुन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ ।
स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयले भारतको केरला राज्यमा देखिएको निपाह भाइसरको सङ्क्रमण नेपालमा समेत देखिन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले नेपालमा पनि निपाह भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।
उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बैठकले सबै अस्पताललाई परिपत्र गर्दै सङ्क्रमणको चुनौतीविरुद्ध प्रबन्ध गर्न ƒ लक्षण देखिए रिपोर्टिङ गर्न भनिसकेको जानकारी दिए ।
डा.पौडेलले निपाह भाइरसको लक्षण देखिएमा बिरामीको नमुना लिएर काठमाडौँको टेकुस्थित जन ‚वास्थ्य प्रयोगशालामा पठाउन पनि महाशाखाले आग्रह गरेको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
क्याटेगोरी : अन्तरवार्ता, अर्थ, खेलकुद, मनाेरञ्जन, राजनीति, विचार, विविध, शिक्षा, समाचार, समाज, सम्पादकीय, स्वास्थ्य
ताजा अपडेट
- १ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- २ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ३ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम
- ४ दाेरम्बा शैलुङमा जेठानद्वारा ज्वाईकाे हत्या, हत्यापछि फरार जेठान पक्राउ
- ५ गए राति १२ बजेदेखि मौन अवधि सुरु
- ६ रामेछापमा गाडी दुर्घटना : दुईकाे मृत्यु ७ घाइते
- ७ कम्युनिष्ट पार्टीलाईलाई सघाउने हल्ला निराधार : उज्यालो नेपाल पार्टी
- ८ उमाकुण्डका प्रभावशाली नेता हिक्मत ,रामचन्द्रले टिकेट पाएसँगै फर्किए कांग्रेस















प्रतिक्रिया दिनुहोस