• काेसिस न्यूज
  • एमाले रामेछापले कात्तिक २९ मा जिल्ला स्तरिय प्रदर्शन गर्ने,


    रामेछाप — नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामेछापले आउँदो कात्तिक २९ गते हुने जिल्ला स्तरीय जनप्रदर्शन कार्यक्रमका गर्ने भएकाे छ । बुधबार प्रदर्शन तयारी
    बैठक बसेर कार्यक्रमहरु तय गरेकाे पार्टी प्रवक्ता राकेश कुमार श्रेष्ठले बताए ।

    पार्टी जिल्ला कमिटीका अध्यक्ष कमरेड पुरुषोत्तम कडरियाको अध्यक्षतामा तथा पार्टी पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज कमरेड कमल प्रसाद चौलागाईंको प्रमुख आतिथ्यतामा बसेकाे बैठकले २९ गते हुने जनप्रदर्शनलाई सफल पार्न जिल्लाभरिका सबै पार्टी कमिटी र जनसङ्गठनहरूलाई सक्रिय परिचालन गर्ने निर्णय गरेको छ। साथै, जनपरिचालनलाई प्रभावकारी बनाउन व्यवस्थापन तथा प्रचार कार्यलाई व्यवस्थित ढङ्गले अघि बढाउने निर्णय गरिएको छ प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

    बैठकले जनप्रदर्शन व्यवस्थापन तथा स्वयमसेवक परिचालन संयोजकको जिम्मेवारी जिल्ला पार्टी उपसचिव कमरेड मिलन कुमार घिसिङको नेतृत्वमा तोकिएको छ।

    त्यस्तै, प्रचार–प्रसार व्यवस्थापन संयोजकको जिम्मेवारी प्रचार विभाग प्रमुख कमरेड राकेश श्रेष्ठको नेतृत्वमा रहनेछ। प्रचार व्यवस्थापनमा प्रेस चौतारी नेपाल रामेछाप र प्रचारसँग सम्बन्धित नेताहरूको सक्रिय समन्वय रहने बैठकले निर्णय गरेको छ।

    बैठकमा पार्टी केन्द्रीय सदस्य कमरेड गीता कार्की, बागमती प्रदेश सचिवालय सदस्य कमरेड शान्ति प्रसाद पौडेल, प्रदेश कमिटी सदस्यहरू कमरेड रत्न प्रसाद गौतम, कमरेड आनन्द कुमार श्रेष्ठ, कमरेड माया कार्की, कमरेड प्रेम ब. तामाङ, कमरेड लब श्रेष्ठ, कमरेड दिपशिखा दाहाल, कमरेड गोपाल श्रेष्ठ र कमरेड हर्कमाया माझीलगायत नेताहरूको विशेष उपस्थिति रहेको थियो।

    कार्यक्रममा प्रदेश सल्लाहकार परिषद्का सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी एवं सदस्यहरू, पालिका कमिटी अध्यक्षहरू, वडास्तरीय कमिटी अध्यक्षहरू, अगुवा नेताहरू, जनसङ्गठनका अध्यक्षहरू तथा वडा पार्टी कमिटीका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो।


    क्याटेगोरी : राजनीति

    प्रतिक्रिया दिनुहोस