अमेरिकी उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री ओलीलाई भेटे

काठमाण्डौ- अमेरिकाकाे उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकाे छन् । शुक्रबार दिउँसो उपविदेशमन्त्री सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।
उक्त भेटमा उपविदेशमन्त्री बर्मा र प्रधानमन्त्री ओली बिच आर्थिक विकास, महिला सशक्तिकरण र ऊर्जा क्षेत्रमा सहकार्यकाे सम्भावना जस्ता विषयमा कुराकानी भएको छ । त्यस्तै दिगो विकास रणनितिमा नेपालले प्राप्त गरिरहेको उपलब्धिलाई कसरी तिव्रता दिने भन्ने विषयमा पनि कुराकानी भएको हाे । त्यसैगरी बर्माले प्रधानमन्त्री बाहेक अरु दलका नेता, सरकारी अधिकारीहरु, नागरिक समाजका सदस्यहरुलाई पनि भेट्ने कार्यक्रम रहेकाे छ ।
नेपालमा अघिल्लो महिना सत्ता परिवर्तन भएसँगै अमेरिकी कुटनीतिक तहबाट भएको यो सबैभन्दा माथिल्लो तहको भ्रमण हो । बर्मा दक्षिण एसियाका बारेमा राम्रो जानकारी राख्ने अधिकारी मानिन्छन् । उनी यसअघि भारतका लागि अमेरिकी राजदूत समेत बनिसकेका थिए । बर्माको नेपाल भ्रमण पछि भारतको पनी भ्रमण हुनेछ ।
क्याटेगोरी : राजनीति
ताजा अपडेट
- १ शैक्षिक आन्दोलन र शिक्षक
- २ विद्यालयमा खानेपानी व्यवस्थापनका लागि मुक्तिनाथ बैंककाे सहयाेग
- ३ कक्षा १२ काे परीक्षा स्थगित
- ४ एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
- ५ रामेछाप खाँडादेविका एक पुरुषले गरे श्रीमतीकाे हत्या , छाेराछाेरी घाइते
- ६ बालमैत्री नगर घाेषणाले फाइदा नै फाईदा हुन्छ : समन्वय प्रमुख खड्का
- ७ कांग्रेसको महाधिवेशन समयमै हुनुपर्छ : नैनसिंह महर
- ८ प्रसंसा कारिताले पत्रकारिता चल्दैन : युनियन महासचिव पाैडेल
प्रतिक्रिया दिनुहोस