अमेरिकी उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री ओलीलाई भेटे
काठमाण्डौ- अमेरिकाकाे उपविदेशमन्त्री बर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकाे छन् । शुक्रबार दिउँसो उपविदेशमन्त्री सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।
उक्त भेटमा उपविदेशमन्त्री बर्मा र प्रधानमन्त्री ओली बिच आर्थिक विकास, महिला सशक्तिकरण र ऊर्जा क्षेत्रमा सहकार्यकाे सम्भावना जस्ता विषयमा कुराकानी भएको छ । त्यस्तै दिगो विकास रणनितिमा नेपालले प्राप्त गरिरहेको उपलब्धिलाई कसरी तिव्रता दिने भन्ने विषयमा पनि कुराकानी भएको हाे । त्यसैगरी बर्माले प्रधानमन्त्री बाहेक अरु दलका नेता, सरकारी अधिकारीहरु, नागरिक समाजका सदस्यहरुलाई पनि भेट्ने कार्यक्रम रहेकाे छ ।
नेपालमा अघिल्लो महिना सत्ता परिवर्तन भएसँगै अमेरिकी कुटनीतिक तहबाट भएको यो सबैभन्दा माथिल्लो तहको भ्रमण हो । बर्मा दक्षिण एसियाका बारेमा राम्रो जानकारी राख्ने अधिकारी मानिन्छन् । उनी यसअघि भारतका लागि अमेरिकी राजदूत समेत बनिसकेका थिए । बर्माको नेपाल भ्रमण पछि भारतको पनी भ्रमण हुनेछ ।
क्याटेगोरी : राजनीति
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस