रामेछापको गुन्सीमा सांस्कृतिक कार्यक्रम
रामेछाप । गुन्सी भदौरे युवा एकता समाज रामेछापको आयोजनामा बुधबार रामेछापको सुनापति गाउँपालिका १ गुन्सीभदौरेमा वृहत देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न कलाकारहरुले मनोरञ्जनात्मक प्रश्तुति गरेका थिए ।
नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा काँग्रेस नेताहरु भरतप्रसाद चौलागाई, बिनिता खड्का, रत्नहरी ढुंगेल, केशवप्रसाद चालिसे, ध्रुव चौलागाई र प्रदेश सभापति राजेश श्रेष्ठ लगाएतले संबोधन गरेका थिए ।

चौधौं जिल्ला अधिवेशन पछि विभिन्न कार्यक्रम लिएर काँग्रेस जिल्ला सभापति तामाङ , निवर्तमान सभापति लबश्री न्यौपाने लगाएतका नेताहरु गाउँ दौडाहामा छन् । दशैं र तिहारको अवसरमा शुभकामना आदान प्रदान र सांस्कृतिक कार्यक्रम यस अघि लिखु तामाकोशी गाउँपालिकाको धोवि र गोकुलगंगा गाउँपालिकाको रस्नालुमा सम्पन्न भएका थिए । उक्त कार्यक्रमहरुमा विभिन्न पार्टी परित्याग गरेर सयौं कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रदेश गरेका थिए ।
कार्यक्रममा सहभागि हुन पुगेका काँग्रेस नेताहरुले अवको स्थानीय , प्रदेश र संघको निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउनका लागि एक ढिक्का भएर संगठनमा लाग्ने प्रण समेत गरेका थिए । काँग्रेसले यस अघिको चोटलाई सम्झेर को उम्मेदवार भन्दा पनि काँग्रेसको उम्मेदवारको हिसावमा सवैले सहयोग गरेमा अरु दलका उम्मेदवारले निर्वाचन जित्न नसक्ने नेताहरुको दावि थियो ।
क्याटेगोरी : मनाेरञ्जन, राजनीति
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस