क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
क्यानडामा क्रियाशिल प्रजातान्त्रिक जनसम्पर्क समिति पुनर्गठन भएकाे छ । हालै पुनर्गठित समितिकाे अध्यक्षमा बसन्त कार्की चयन भएका छन् ।
जनसम्पर्क समितिलाई थप प्रभावकारी र व्यवस्थित बनाउन समितिकाे पुनर्गठन गरिएकाे अध्यक्ष कार्कीले जानकारी दिएका छन् ।
लामाे समयदेखि महाधिवेशन हुन नसकेका कारण नेतृत्व परिवर्तन हुन नसकिरहेकाे बेला समितिकाे पुनर्गठन गरेर कार्कीलाई नेतृत्व हस्तान्तरण गरेकाे जनसम्पर्क समिति क्यानडाले जनाएकाे छ ।
संस्थाकाे क्षमता अभिवृद्धि ,नेपाली समुदायसँगको सम्बन्ध सुदृढ बनाउने तथा भावी कार्यदिशा स्पष्ट गर्ने लक्ष्यसहित पुनर्गठन गरिएको समितिले जनाएको छ ।
क्यानडामा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै जनसम्पर्क समितिलाई अझ सक्रिय,उत्तरदायी र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने समितिका अध्यक्ष कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन्।
यस समितिले नयाँ सदस्यकाे नेतृत्व विकास, जिम्मेवारीको स्पष्ट बाँडफाँड र कार्यक्रमहरूलाई थप जनमुखी बनाउदै लैजाने उल्लेख गर्दै समितिले निकट भविष्यमा सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिलाई प्राथमिकताका साथ अगाडि बढाउने जनाएको छ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- २ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ३ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ४ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ५ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ६ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ७ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ८ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद













प्रतिक्रिया दिनुहोस