कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
काठमाडौं – ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले मन्त्रीपदबाट राजीनामा दिएका छन् । घिसिङले बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन् ।
गैरदलीय सरकारमा दलका नेता मन्त्री भएको भन्दै चौतर्फी आलोचना भएपछि घिसिङले राजीनामा दिएका हुन् । भदौ ३० गते मन्त्रीको सपथ ग्रहण गरेका मन्त्री घिसिङले बुधबार राजीनामा दिएका हुन ।
घिसिङले केही समय अघिमात्र आफ्नै नेतृत्वमा नयाँ दल उज्यालो नेपाल दर्ता गराए थिए । अहिले भने रास्वपासँग एकता गरेका छन् । उनी रास्वपा उपसभापति पनि हुन् ।
घिसिङ फागुन २१ काे चुनावमा उमेदवार समेत हुने चर्चा छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- २ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ३ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ४ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ५ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ६ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ७ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ८ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद













प्रतिक्रिया दिनुहोस