कांग्रेस काठमाडौँ–८ बाट प्रतिनिधि सभा चुनावका लागि सिफारिस सात मध्ये कार्की बलियाे दाबेदार
काठमाडौँ – नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ८ ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सात जना उम्मेदवारको नाम सिफारिस गरेको छ।
कांग्रेस काठमाडौँ–८ क्षेत्रीय समितिको पूर्ण बैठकले डा. अमितसिंह कार्की, राजु खरेल, विजयगोपाल श्रेष्ठ, राजुराज जोशी, सपना राजभण्डारी, रविन्द्रलाल श्रेष्ठ र मुस्कानराज गौतमलाई उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
समितिका अनुसार स्थानीय तहमा भएका छलफल, संगठनात्मक मूल्यांकन तथा कार्यकर्ताबाट प्राप्त सुझावका आधारमा सिफारिस सूची तयार गरिएको हो। बैठकमा क्षेत्रको समग्र राजनीतिक अवस्था, संगठन सुदृढीकरण तथा आगामी निर्वाचन रणनीतिबारे पनि व्यापक छलफल भएको बताइएको छ।
सिफारिस गरिएका नामहरूमध्ये डा. अमितसिंह कार्कीलाई सबैभन्दा बलियो दाबेदारका रूपमा हेरिएको छ। क्षेत्रीय नेतृत्वका अनुसार कार्कीको दीर्घकालीन संगठनात्मक संलग्नता, सामाजिक तथा राजनितीक सक्रियता र विकास–निर्माणमा महत्त्वपूर्ण भूमिका स्पष्ट धारणा भएकाले उनको पक्षमा बलियो आधार बनेको छ।
क्षेत्रीय समितिबाट सिफारिस गरिएको नामावली अब पार्टी केन्द्रीय समितिमा पठाइनेछ। प्रतिनिधि सभा निर्वाचनका लागि अन्तिम उम्मेदवार चयन गर्ने अधिकार पार्टी केन्द्रीय नेतृत्वसँग रहनेछ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस