• काेसिस न्यूज
  • बागमतीका मुख्यमन्त्री बानियाँले प्राप्त गरे विस्वासकाे मत


    रामेछाप – बागमती प्रदेशका छैठौं मुख्यमन्त्रीका रुपमा इन्द्रबहादुर बानियाँले विश्वासको मत प्राप्त गरेका छन्। मंगलबार अपराह्न बसेको प्रदेश सभा बैठकबाट बानियाँले विश्वासको मत प्राप्त गरेका हुन्।

    सत्तासाझेदार दलहरू कांग्रेसका ३७ मध्ये ३६ र एमालेका २७ गरी ६३ सांसदले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिएका छन्। विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन आवश्यक रहेकामा मुख्यमन्त्री बानियाँले ६३ मत पाएका छन्। कांग्रेसका सांसद रामकृष्ण चित्रकार अनुपस्थित भएकाले कांग्रेसका ३७ मतमा १ मत कम हुन पुगेकाे हाे ।

    मंगलबारको बैठकमा प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले मुख्यमन्त्री बानियाँको विश्वासको प्रस्तावको पक्षमा ६३ र विपक्षमा २२ मत खसेको सदनलाई जानकारी गराए। ७ सांसद तटस्थ बसेका थिए भने १८ जना सांसद उपपस्थित भएनन् । ११० सदस्य रहेको बागमती प्रदेश सभामा मंगलबारको बैठकमा ९२ जना सांसद उपस्थित थिए।


    क्याटेगोरी : राजनीति, समाचार

    प्रतिक्रिया दिनुहोस