बागमतीका मुख्यमन्त्री बानियाँले प्राप्त गरे विस्वासकाे मत
रामेछाप – बागमती प्रदेशका छैठौं मुख्यमन्त्रीका रुपमा इन्द्रबहादुर बानियाँले विश्वासको मत प्राप्त गरेका छन्। मंगलबार अपराह्न बसेको प्रदेश सभा बैठकबाट बानियाँले विश्वासको मत प्राप्त गरेका हुन्।
सत्तासाझेदार दलहरू कांग्रेसका ३७ मध्ये ३६ र एमालेका २७ गरी ६३ सांसदले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिएका छन्। विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन आवश्यक रहेकामा मुख्यमन्त्री बानियाँले ६३ मत पाएका छन्। कांग्रेसका सांसद रामकृष्ण चित्रकार अनुपस्थित भएकाले कांग्रेसका ३७ मतमा १ मत कम हुन पुगेकाे हाे ।
मंगलबारको बैठकमा प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले मुख्यमन्त्री बानियाँको विश्वासको प्रस्तावको पक्षमा ६३ र विपक्षमा २२ मत खसेको सदनलाई जानकारी गराए। ७ सांसद तटस्थ बसेका थिए भने १८ जना सांसद उपपस्थित भएनन् । ११० सदस्य रहेको बागमती प्रदेश सभामा मंगलबारको बैठकमा ९२ जना सांसद उपस्थित थिए।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस