राजनीतिक स्थायीत्व भयो तर सन्ताेषजनक काम भएन :उपसभापति खड्का
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार स्थिर भएपनि काम भने सन्ताेषजनक हुन नसकेको गुनासाे गरेका छन् । उनले अहिले राजनीतिक स्थिरता भएपनि डेलिभरी हुन नसकेकाे भन्ने गुनासाहरु रहेको बताए ।
नेपाली कांग्रेस र नेकपा एमाले मिल्दा अहिले संघदेखि स्थानीय तहसम्मका सरकार स्थिर भएका छन्,’ सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उपसभापति खड्काले भने, ॅतीन तहका सरकारहरुले गरेका कम, भएका कमजोरी र देशको अर्थतन्त्रको अवस्थाका बारेमा जानकारी नदिइ राजनीतिकर्मीहरुलेनै चोक, चिया–चौतारीहरुमा बसेर असन्तुष्टि बाँड्ने काम भइरहेको छ ।’
उनले यस पटकको केन्द्रीय समिति बैठक ऐतिहासिक भएको बताए । पार्टी सभापतिज्यूले सबैलाई आफ्ना कुराहरु खुलस्त राख्न भन्नुभयो, सबैले आ–आफ्ना कुरा राख्नुभयो,’ उनले भने, सात दिनसम्म चलेको बैठकले सर्वसम्मत निर्णय गर्यो, उपस्थिति, प्रस्तुती र निर्णयका हिसावले यो बैठक ऐतिहासिक रह्यो ।’ उनले बैठकमा संघीय, प्रदेश र स्थानीय तहका सरकारले गरिरहेका कामहरुको समीक्षा भएको बताए ।
अनुशासन समितिको निर्णय केन्द्रीय समितिले नगर्ने बताए । पार्टी विधानले केन्द्रीय अनुशासन समितिले गरेको निर्णय चित्त नबुझ्ने व्यक्तिहरुले केन्द्रीय सभापतिमार्फत केन्द्रीय कार्यसमितिमा पुनरावेदन गर्न पाउने व्यवस्था छ,’ उनले भने ।
उपसभापति खड्काले क्रियाशिल सदस्यता वितरण, नवीकरणलगायतका विषयमा विधानलेनै जिल्लालाई अधिकार दिएको बताउँदै सदस्यता वितरण, नवीकरणलगायतका कामलाई तत्काल अघि बढाउन निर्देशन दिए । ॅयो संगठनको नियमित गर्नुपर्ने पहिलो कर्तव्य हो,’ उनले भने, ॅपार्टी सदस्यता वितरण र नवीकरणलाई निरन्तर अभियानका रुपमा अघि बढाउनुहोस् ।’
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका खड्काले संविधान संशोधन, विकास निर्माणलाई तिब्रता दिँदै जनताका इच्छा र आकांक्षा अनुसार तीब्रगतिमा कामहरु गर्नुपर्ने बताए । उनले जिम्मेवारीमा रहेकाहरु लोभमुक्त भए धेरै सुधार हुने बताए । ॅराजनीतिकर्मी लोभबाट मुक्त हुनुपर्यो, लोभबाट मुक्त भएको मान्छे डरबाट मुक्त हुन्छ,’ उनले भने, ॅडरबाटमुक्त भएको मानिस शीर ठाडो गरेर हिँड्छ ।’
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
















प्रतिक्रिया दिनुहोस