• काेसिस न्यूज
  • दलित महिला वडा सदस्यका लागि कानुनी साक्षरता तालिम


    रामेछाप – मन्थली नगरपालिकाका सबै वडाका दलित महिला सदस्य र नगरकार्यपालिकामा दलित समुदायबाट प्रतिनिधित्व गरेकाहरुका लागि क्षमता विकास तथा कानुनी सचेतना तालिम प्रदान गरिएकाे छ ।

    राष्ट्रिय दलित पत्रकार संघ नेपाल रामेछापकाे आयाेजना नगरकार्यपालिकामा प्रतिनिधित्व गर्ने र वडामा निर्वाचित सबै वडाका दलित महिला जनप्रतिनिधिलाई दुई दिने क्षमता विकास तथा कानुनी सचेतना सम्बन्धि तालिम दिइएकाे छ ।

    समुदायमा पछाडि पारिएकाे वर्गकाे नेतृत्व गराउने हेतुले संविधानमै अनिवार्य गरिएकाे दलित महिलाकाे प्रतिनिधित्व गरिरहेका जनप्रतिनिधि दलित महिला वडा सदस्यहरुलाई कानुनी अधिकार र क्षमताकाे विकास गराउने उद्देश्यले उक्त तालिम संचालन गरिएकाे आयाेजक संस्थाका अध्यक्ष नवराज विकले जानकारी दिए ।

    तालिममा सरकारी वकिल विनिता कपाली र मन्थली नगरपालिकाका कानुनी सल्लाहकार मधुसुदन रायले सहजिकरण गरेकाे थिए ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस