मन्थलीकाे भूमि नै याेगका लागि याेग्य : प्रजिअ थापा
रामेछाप – रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले मन्थलीकाे भूमि याेगका लागि याेग्य भूमि भएकाे बताए । ११ ओै अन्तर्राष्ट्रिय याेग दिवसकाे अवसरमा ब्रमकुमारी राजयाेग सेवा केन्द्र मन्थलीमा आयाेजित कार्यक्रममा प्रजिअ थापाले यस्ताे बताएका हुन ।
कार्यक्रममा प्रजिअ थापाले कलकल बगिरहेको तामाकोसी ,चारैतिर सुन्दर डाडापाखाले ढाकेकाे त्यसै माथि मन्थली शान्त भूमि भएकाले याेग गर्नका लागि मन्थली उपयुक्त भूमि भएकाे बताए ।
प्रजिअ थापाले याेगध्यानबाट सकारात्मक साेचकाे विकास हुने र यसरी याेग ध्यान गर्नेहरुले गलत निर्णय गर्दैन भन्ने विस्वास लिएर सरकारले प्रशासनिक क्षेत्रलाई पनि याेगध्यानमा लगाएकाे छ । त्यसैगरी समाजका सबै क्षेत्रमा याेग अभ्यासलाई विस्तार गर्न सके सबैमा सकारात्मक विचार आउने र अपराध घट्नेमा विस्वास लिएकाे बताए ।

त्यसैगरी कार्यक्रममा याेग गुरु तथा मन्थली क्याम्पस प्रमुख भरत श्रेष्ठले पछिल्लो समय मानिसकाे मनकाे प्रदुषण बढ्दै गएकाे र मनकाे प्रदुषण हटाउनका लागि सबै प्रति शुभ भाव राख्नका याेग अभ्यास नै एकमात्र विकल्प भएकाे बताए ।
यसै सन्दर्भमा याेग गित, कविता ,तथा नमुना याेग अभ्यासहरु प्रस्तुत गरिएकाे थियाे । याेग गित , ब्यानर सहित मन्थली बजारमा प्रभातफेरि सकेर ब्रमकुमारी राजयाेग सेवा केन्द्र मन्थलीमा कार्यक्रम गरिएकाे थियाे ।

यसै सन्दर्भमा याेग गित, कविता ,तथा नमुना याेग अभ्यासहरु प्रस्तुत गरिएकाे थियाे । याेग गित , ब्यानर सहित मन्थली बजारमा प्रभातफेरि सकेर ब्रमकुमारी राजयाेग सेवा केन्द्र मन्थलीमा कार्यक्रम गरिएकाे थियाे ।
जिल्ला प्रशासन कार्यालय रामेछाप , आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ,ब्रमकुमारी राजयाेग सेवा केन्द्र ,पतञ्जली याेग समिति ,जीवन विज्ञान बागमती प्रदेश परिषद आदिकाे सहकार्यमा जिल्ला स्तरिय मूल समारोह समिति रामेछापले कार्यक्रमकाे आयाेजना गरेकाे थियोे ।
कार्यक्रम जिल्ला समन्वय समितिका रामेछापका उपप्रमुख प्रेम थापाकाे प्रमुख आतिथ्यता तथा दिवसका मूल समारोह समिति रामेछाप अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्याकृष्ण थापाकाे अध्यक्षतामा भएकाे थियाे ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस