महिलाहरुका लागि सशक्तीकरण तथा सचेतना कार्यक्रम
रामेछाप – रामेछापको लिखुतामाकोसी गाउँपालिका वडा ५ नागदहमा महिलाहरुका लागि क्षमता अभिवृद्धि , महिला सशक्तीकरण तथा सचेतना कार्यक्रम गरिएकाे छ ।
महिलाहरुकाे क्षमतामा विकास गर्ने र सचेताकाे अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमकाे आयाेजना गरिएकाे हाे । उक्त कार्यक्रममा वडाका ६० जना महिलाहरुकाे सहभागी रहेकाे थियाे ।
कार्यक्रममा वडा अध्यक्ष राेम बहादुर तामाङले गाउँमा बसेर खेति गरिरहेका महिलाहरुलाई उत्पादनसँग जाड्ने र आयाआर्जनकाे स्राेत विस्तार गर्ने प्रयास गरिरहेका बताए ।
उनले गाउँमा उत्पादन कम र आयातित सामानकाे उपभाेक धेरै हुन लागेकाे भन्दै सीप मुलक तालिम लिएकाहरुले पनि तालिम पछि सीप अनुसारकाे पेसा गर्ने नगरेकाे पाइएकाे गुनासाे गरे ।
त्यसैगरी कार्यक्रममा महिला हिंसा, घरेलु हिंसा , कानुनी उपचारका विषयमा पत्रकार ज्ञानु श्रेष्ठले जानकारी दिएकी छन् भने साेही वडाका सचिव उमेश बहादुर बढुवालले वडामा दर्ता गरिने व्यक्तिगत घटना दर्ता सम्बन्धि जानकारी दिदै ,घटना दर्ता समयमै गर्नुकाे महत्त्व माथी प्रकाश पारेका थिए ।
कार्यक्रममा सहभागीहरुले कार्यक्रम अत्यन्तै प्रभावकारी भएकाे बताए । आगामी दिनहरुमा यस्ता कार्यक्रमहरुमा पुरुषकाे पनि सहभागीता गराउन सके हिंसा कम गर्न सहयोग पुग्ने बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस