सेतिदेवी आविमा पुग्याे खानेपानि ,विद्यालयमा छायाे खुसीयालि
रामेछाप – रामेछाप नगरपालिका ७ सुकाजोरको श्री सेतीदेवी आधारभुत विद्यालयमा खानेपानीकाे व्यवस्था भएकाे छ ।
विद्यालयमा नवनिर्मित धारामा पानी झरेपछि विद्यार्थीमा खुसि छाएकाे छ ।
लामो समय देखि खानेपानीको अभाव झेलिरहेका उक्त विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरुमा शुक्रवार देखि विद्यालयकाे धारामा नियमित पानी झर्ने व्यवस्था भएपछि खुसी भएका छन् । ययरी विद्यालय पानिकाे व्यवस्था भएपछि विद्यार्थी मात्र नभइ सिंगो गाउमानै खुसी छाएको छ ।
सामाजिक क्षेत्रमा क्रियाशिल रहेको मानव मिलन नारी जागरण काठमाडौले मुक्तिनाथ बैंक सगँको सहकार्यमा खानेपानीको धारा निर्माण गरी विद्यालयमा खानेपानीको व्यवस्था मिलाएकाे हाे ।
निर्माण कार्य सकेर शुक्रबार विद्यालयलाई खानेपानीको धारा हस्तान्तरण गरिएको थियाे । उक्त धाराकाे उत्घाटन गर्दै रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्याैपानेले सहयोगी संस्थालाई धन्यवाद व्यक्त गरे ।
स्थानीय तहमा धेरै काम गर्नु पर्ने तर नगरको सिमित स्रोत र साधनका कारण माग तथा आवस्यकहरु परिपुर्तिमा समस्या भइरहेको जानकारी गराउदै सहयोगी संस्था तथा समन्वयकर्ताकाे प्रशंसा गरे ।
विद्यालय स्थापना देखिनै खानेपानीको अभाव व्यहोर्दे आएको उक्त विद्यालयमा खानेपानीकाे व्यवस्था भएपछि सबैमा खुसि छाएकाे र खानेपानीकाे व्यवस्था मिलाउन समन्वयकारी भुमिका खेलेकाेमा समाजसेवी सन्देश घिमिरे र नारी जागरण र मुक्तिनाथ बैंक प्रति विद्यालय परिवार आभारी रहेकाे विद्यालयका प्रधानाध्यापक खिला बहादुर कार्कीले बताए ।
कार्यक्रमका अवसरमा मानव मिलन नारी जागरण काठमाडौका अध्यक्ष सुनिता सिग्देलले उक्त धारा विद्यालयलाई हस्तान्तरण गरेकी हुन् । त्यसैगरी विद्यालयलाई आगामी दिनमा आवस्यक सहयोग गर्दै जाने सिग्देलले बताइन् ।
धारा निर्माण भएसँगै विद्यालयमा अध्ययनरत बालबालिकाहरुले सहज रुपमा पिउने पानी उपभोग गर्न पाउने भएका छन । आयोजना बाट विद्यालय मात्र नभएर विद्यालय आसपासका स्थानीय समेत लाभान्वित हुने भएका छन् ।
क्याटेगोरी : शिक्षा, समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- २ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ३ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ४ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ५ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ६ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ७ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ८ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु















प्रतिक्रिया दिनुहोस