सेतिदेवी आविमा पुग्याे खानेपानि ,विद्यालयमा छायाे खुसीयालि
रामेछाप – रामेछाप नगरपालिका ७ सुकाजोरको श्री सेतीदेवी आधारभुत विद्यालयमा खानेपानीकाे व्यवस्था भएकाे छ ।
विद्यालयमा नवनिर्मित धारामा पानी झरेपछि विद्यार्थीमा खुसि छाएकाे छ ।
लामो समय देखि खानेपानीको अभाव झेलिरहेका उक्त विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरुमा शुक्रवार देखि विद्यालयकाे धारामा नियमित पानी झर्ने व्यवस्था भएपछि खुसी भएका छन् । ययरी विद्यालय पानिकाे व्यवस्था भएपछि विद्यार्थी मात्र नभइ सिंगो गाउमानै खुसी छाएको छ ।
सामाजिक क्षेत्रमा क्रियाशिल रहेको मानव मिलन नारी जागरण काठमाडौले मुक्तिनाथ बैंक सगँको सहकार्यमा खानेपानीको धारा निर्माण गरी विद्यालयमा खानेपानीको व्यवस्था मिलाएकाे हाे ।
निर्माण कार्य सकेर शुक्रबार विद्यालयलाई खानेपानीको धारा हस्तान्तरण गरिएको थियाे । उक्त धाराकाे उत्घाटन गर्दै रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्याैपानेले सहयोगी संस्थालाई धन्यवाद व्यक्त गरे ।
स्थानीय तहमा धेरै काम गर्नु पर्ने तर नगरको सिमित स्रोत र साधनका कारण माग तथा आवस्यकहरु परिपुर्तिमा समस्या भइरहेको जानकारी गराउदै सहयोगी संस्था तथा समन्वयकर्ताकाे प्रशंसा गरे ।
विद्यालय स्थापना देखिनै खानेपानीको अभाव व्यहोर्दे आएको उक्त विद्यालयमा खानेपानीकाे व्यवस्था भएपछि सबैमा खुसि छाएकाे र खानेपानीकाे व्यवस्था मिलाउन समन्वयकारी भुमिका खेलेकाेमा समाजसेवी सन्देश घिमिरे र नारी जागरण र मुक्तिनाथ बैंक प्रति विद्यालय परिवार आभारी रहेकाे विद्यालयका प्रधानाध्यापक खिला बहादुर कार्कीले बताए ।
कार्यक्रमका अवसरमा मानव मिलन नारी जागरण काठमाडौका अध्यक्ष सुनिता सिग्देलले उक्त धारा विद्यालयलाई हस्तान्तरण गरेकी हुन् । त्यसैगरी विद्यालयलाई आगामी दिनमा आवस्यक सहयोग गर्दै जाने सिग्देलले बताइन् ।
धारा निर्माण भएसँगै विद्यालयमा अध्ययनरत बालबालिकाहरुले सहज रुपमा पिउने पानी उपभोग गर्न पाउने भएका छन । आयोजना बाट विद्यालय मात्र नभएर विद्यालय आसपासका स्थानीय समेत लाभान्वित हुने भएका छन् ।
क्याटेगोरी : शिक्षा, समाचार, स्वास्थ्य
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस