• काेसिस न्यूज
  • उत्तेजक अभिव्यक्ति नदिन, ओलीलाई गगनकाे आग्रह


    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएकाे अभिव्यक्तिले नागरिकलाई उत्तेजक बनाउन सक्ने भन्दै उत्तेजक अभिव्यक्ति दिन आग्रह गरेका छन् । सोमबार पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा महामन्त्री थापाले प्रधानमन्त्रीलाई यसरी उत्तेजक अभिव्यक्ति नदिन आग्रह गरे हुन् ।

    थापाले भने “हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाउदैनाैं भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो उत्तेजक अभिव्यक्ति दिने कुरा कल्पना पनि गरिँदैन । त्यसैले यो जे जस्ता कुराहरू बाहिर सुनियो, त्यस्ता कुराहरू बाहिर आइन्दा नदोहोरियोस्,”।

    प्रधानमन्त्री ओलीले यश अघि कार्यक्रममा बाेल्ने क्रममा जेष्ठ १५ गते काठमाडौं कब्जा गर्छाै जस्ता अभिव्यक्ति दिएका थिए ।


    क्याटेगोरी : राजनीति, समाचार

    प्रतिक्रिया दिनुहोस