प्रधानमन्त्री ओलीकाे अभिव्यक्तीले देशमा मुठभेटकाे संकेत
प्रधानमन्त्री केपी शर्मा ओलीकाे अभिव्यक्ति प्रति आलाेचना गर्दै नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले देशमा मुठभेटकाे संकेत गरेकाे आरोप लगाए । प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोईरालाले प्रधानमन्त्रीको गैह्र जिम्मेवारपूर्ण अभिव्यक्तिले देशमा मुठभेटको स्थिति सिर्जना हुनसक्ने बताए ।
नेता काेइरालले “ओलीजीले जथाभावी बोलिरहेकाे भन्दै प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाण्डौ कब्जा गर्न निर्देशन दिन नमिल्ने बताएका छन् । प्रधानमन्त्रीले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साएर देशलाई मुठभेट तरेफ धकेल्न खाेजेकाे कोईरालाको भनाई छ ।
आइतबार नेकपा एमाले बागमाती प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले जेठ १५ गते काठमाण्डौ एमालेको कब्जामा राख्न निर्देशन दिएका थिए । सोही दिन राजावादीकाे पनि काठमाण्डौ केन्द्रित आन्दोलनको कार्यक्रम रहेकाे छ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस