लुटपाट गर्ने एक पुरुष पक्राउ
रामेछाप – लुटपाट गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेकाे छ । सुनापति गाँउपालिका २ मा लुटपाट गरेर फरार रहेका ३८ वर्षिय पुरुषलाई प्रहरीले शुक्रबार पक्राउ गरेकाे हाे ।
सुनापति २ दिमीपाेखरी घर भएका पेम्बा भनेर चिनिने प्रेम लामालाई जेष्ठ २ गते प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरीक्षक काैसल न्याैपानेले जानकारी दिए ।
लामाले बैशाख २९ गते राती साेही गाउँकाे ७० वर्षका सानाेकान्छा तामाङकाे घरमा प्रवेस गरि कुटपिट गरेर सानाेकान्छालाई घाइते बनाई उनकी श्रीमती सानाेकान्छी तामाङले लगाएकाे सुनकाे बेरूवा रिङ २ थान चाेरी गरि लगेकाे भनि परेकाे जाहेरीका आधारमा अनुसन्धानका क्रममा उनलाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीले अनुसन्धानका क्रममा लामाकाे घर खनतलासी
गर्दा उनकाे घरबाट उक्त सुनकाे रिङ घरकाे माथिल्लो तल्ला गाराेकाे चेपमा सुपरपावर खैनिकाे प्याकेटमा लुकाइ राखेकाे प्रहरीले फेला पारेपछि लामालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी न्याैपानेले जानकारी दिए । उनका अनुसार लामालाई डाकाचाेरीकाे मुद्दा चलाई थुनामा राखेर थप अनुसन्धान भइरहेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ राति १० बजेपछि देउसी खेल्न नपाइने
- २ रामेछापका प्रहरी प्रमुख भट्ट “पुर्ण शान्ति प्रहरी पुरस्कारबाट” पुरस्कृत
- ३ आफ्नै भवनबाट आँखाको उपचार सेवा शुरु
- ४ कांग्रेस सभापति देउवाले उपसभापति खड्कालाई दिए कार्यवाहक
- ५ स्वास्थ्य मन्त्रीमा डा. किशोर खत्रीको चर्चा
- ६ आजबाट रामेछाप – काठमाडौं नियमित उडान सुरु
- ७ बीपी राजमार्गमा आजदेखी राति गाडी संचालनमा रोक
- ८ आजदेखी कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने
















प्रतिक्रिया दिनुहोस