लुटपाट गर्ने एक पुरुष पक्राउ
रामेछाप – लुटपाट गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेकाे छ । सुनापति गाँउपालिका २ मा लुटपाट गरेर फरार रहेका ३८ वर्षिय पुरुषलाई प्रहरीले शुक्रबार पक्राउ गरेकाे हाे ।
सुनापति २ दिमीपाेखरी घर भएका पेम्बा भनेर चिनिने प्रेम लामालाई जेष्ठ २ गते प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी प्रहरी निरीक्षक काैसल न्याैपानेले जानकारी दिए ।
लामाले बैशाख २९ गते राती साेही गाउँकाे ७० वर्षका सानाेकान्छा तामाङकाे घरमा प्रवेस गरि कुटपिट गरेर सानाेकान्छालाई घाइते बनाई उनकी श्रीमती सानाेकान्छी तामाङले लगाएकाे सुनकाे बेरूवा रिङ २ थान चाेरी गरि लगेकाे भनि परेकाे जाहेरीका आधारमा अनुसन्धानका क्रममा उनलाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीले अनुसन्धानका क्रममा लामाकाे घर खनतलासी
गर्दा उनकाे घरबाट उक्त सुनकाे रिङ घरकाे माथिल्लो तल्ला गाराेकाे चेपमा सुपरपावर खैनिकाे प्याकेटमा लुकाइ राखेकाे प्रहरीले फेला पारेपछि लामालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी न्याैपानेले जानकारी दिए । उनका अनुसार लामालाई डाकाचाेरीकाे मुद्दा चलाई थुनामा राखेर थप अनुसन्धान भइरहेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस