• काेसिस न्यूज
  • उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित


    काठमाडौ – राष्ट्रिय सूचना आयोगको १८ औं स्थापना दिवसका अवसरमा उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थली नगरपालिकाका सुचना अधिकारी हेमन्त बुढाथोकी सम्मानित भएका छन् ।

    दिवसका अवसरमा साेमबार काठमाडौमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पाैडेलले उत्कृष्ट सुचना अधिकारीलाई सम्मान गरेका हुन् ।उक्त सम्मान कार्यक्रममा मन्थली नगरपालिकाका सुचना अधिकारीकाे रुपमा कार्यरत बुढाथोकी सम्मानित भएका हुन ।

    आयाेगले देशभरबाट विभिन्न निकायमा कार्यरत ५ जना सुचना अधिकारी र विभिन्न क्षेत्रमाबाट सुचना हक संरक्षणमा याेगदान पुर्‍याएका ५ जनालाई राष्ट्रपति रामचन्द्र पाैडेलले नगद सहित सम्मान गरेका छन् ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस