एनडिसीमा श्रमिकको मुद्दा सुनिश्चित: वनमन्त्री शाही
काठमाडौ – वन तथा वातावरण मन्त्री ऎन बहादुर शाही ठकुरीले तेस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी ) मा श्रमिकको मुद्दा सुनिश्चित गरेको बताए । तेस्रो एनडिसिको मस्यौदामा न्यायोचित रुपान्तरणको विषयलाई समावेश गरेकोले श्रमिकको मुद्दा समेटिएको बताए ।
ट्रेड युनियन कांग्रेस जलवायु परिवर्तन तथा न्यायोचित रुपान्तरण सेलले आज आयोजित जलवायु परिवर्तन न्यायोचित रुपान्तरण तथा एनडिसीबारे नीति संवादमा यस्तो धारणा राखेेका थिए ।
मन्त्री शाहीले जलवायु परिवर्तनले श्रमजीवीलाई बढी असर पर्ने हुँदा श्रमिकको रोजगारी सुरक्षा र सीप विकासमा ध्यान दिने बताए । साथै उहाँले नीति निर्माण लगायत कोप ३० मा ट्रेड युनियनको प्रतिनिधित्व हुने प्रतिबद्धता जाहेर गरेका थिए ।
यसैगरी दिगो विकास तथा सुशासन संसदिय समितिका सभापति कमला पन्तले जलवायु परिवर्तनले श्रमिक र सीमान्तकृत समुदाय बढी प्रभावित हुने भएकोले नीति तथा कार्यक्रम उनिहरुलाई केन्द्रमा राखेर बनाउनुपर्ने बताए । उहाँले विगतका कोपमा तयारी नपुगेकोले अहिलेदेखि नै ३० औं कोपकोलागि तयारी गर्न वन मन्त्रालयलाई सुझाव दिए । उहाँले जलवायु परिवर्तन क्रस कटिङ विषय भएकोले सबै निकायसंग समन्वय हुनुपर्ने विचार राखेका थिए ।
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरले जलवायु परिवर्तनको मारमा सबैभन्दा बढी श्रमजीवी रहेकोले एनडिसिमा न्यायोचित रुपान्तरणलाई विषेश स्थान दिनुपर्ने बताए । यसैगरी कार्बन उत्सर्जनमा नेपालको खासै योगदान नरहे पनि जोखिमको दृष्टिले अग्रपंक्तिमा भएकोले जलवायु न्यायको विषय अन्तर्राष्ट्रिय फोरमहरुमा जोडदार उठाउनुपर्ने विचार राखे । वन तथा वातावरण मन्त्रालय जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका उपसचिव नरेश शर्माले जलवायु परिवर्तनले हरेक क्षेत्रलाई छुने भएकोले राज्यको क्षमता अनुसार सबैको विषयलाई ध्यान दिएको बताए । उहाँले तेस्रो एनडिसिमा न्यायोचित रुपान्तरणको विषय समावेश रहेकोले श्रमजीवीको मुद्दाहरू सम्बोधन हुने विचार राखे ।
जलवायु परिवर्तनबारे विज्ञ अभिषेक यादव र ट्रेड युनियन कांग्रेसका उपमहासचिव एवं जलवायु परिवर्तन सेल प्रमुख बलदेव तामाङले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथी आईएलओ,विभिन्न सरोकारवाला लगायत ट्रेड युनियनका नेतृत्वहरुले टिप्पणी गर्नुभएको थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस