विव्यस चुनावकाे गठबन्धनका विषयमा अफवाह फैलिएकाे भन्दै माओवादीद्वारा प्रेस विज्ञप्ति जारी
रामेछाप – भाेली चेत्र २५ गते हुने मन्थली माध्यमिक विद्यालयकाे विद्यालय व्यवस्थापन समितिकाे निर्वाचनका लागि भएकाे गठबन्धनका विषयमा अफवाह फैलिएको पाएपछि माओवादी केन्द्र रामेछापले प्रेस विज्ञप्ति जारी गर्दै अफवाहकाे पछि नलाग्न अनुरोध गरेकाे छ ।
विद्यालयकाे विव्यसकाे चुनावका विषयमा भएकाे नेपाली कांग्रेस रामेछाप , नेकपा माओवादी केन्द्र समन्वय समिति रामेछाप र एकीकृत समाजवादी रामेछापबीच भएकाे सहमति विरुद्ध भ्रामक, कपाेकल्पित तथा तथ्यहि कुराहरु गरेर अभिभावक तथा मतदाताहरुमा भ्रम छर्ने कार्य गरेकाेमा माओवादी केन्द्रकाे गम्भीर ध्यानाकर्षण भएकाे प्रेस विज्ञप्तिमा मार्फत जानकारी गराएकाे छ ।
साथै विज्ञप्ति मार्फत विव्यस निर्वाचनमा गठबन्धनका आधिकारिक उमेदवारहरुलाई मतदान गर्न सम्पुर्ण मतदातालाई अनुराेध गरिएकाे छ । उक्त विज्ञप्तिमा प्रदेश सांसद तारानाराण श्रेष्ठ र माओवादी केन्द्र रामेछापका सचिव प्रेम कुमार कार्की (सेवक)काे संयुक्त हस्ताक्षर रहेकाे छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस