मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
रामेछाप – मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसकाे स्ववियु निर्वाचनमा अनेरास्ववियुका सुशील थापा विजयी भएका छन् । मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघका एक सदस्य बाहेक अनरोस्ववियुका उम्मेदवार विजयी भएका छन् ।
निर्वाचनकाे अन्तिम मत परिणाम अनुसार सभापतिमा अनेरास्ववियुका सुशील थापा २०७ मत प्राप्त गर्दै विजयी भएका छन् । निर्वाचनका प्रतिस्पर्धी नेविसंघका विपुल रोका १५२ र अखिल (क्रान्तिकारी) का अनोज भुजेलले ६५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सचिवमा अनेरास्ववियुका मुकेश भण्डारी (डेनिस) १८५ मत प्राप्त गरी विजयी भएका छन् भने नेविसंघका युवराज बुढाथोकीले १६५ र अखिल (क्रान्तिकारी) का सचिव पदका उम्मेदवार विनीता माझीले ७० मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा अनेरास्ववियुकी मशली तामाङ २०७ मत सहित निर्वाचित भएकी छिन भने नेविसंघकी छाया तामाङले १३६ र अखिल (क्रान्तिकारी) का राजकुमार श्रेष्ठले ७९ मत प्राप्त गरेका छन् ।
सदस्यहरूमा अनेरास्ववियका ४ जना उम्मेदवार तुलसा उप्रेती १९१, यलिना माझी १७१, जीवन पहरी २०७ र मनोज श्रेष्ठ २३७ मत प्राप्त गर्दै विजयी भएका छन् भने नेविसंघका कर्ण श्रेष्ठले १७६ मत प्राप्त गर्दै विजयी विजयी हुन सफल भए ।
उपाध्यक्ष र सह–सचिवसहित ७ पद समानुपातिक तर्फबाट समितिमा जाने व्यवस्था रहेको छ । स्ववियु निर्वाचन भएको रामेछाप जिल्लाकै एक मात्र मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा ५३१ मतदाता रहेका थिए भने ४२७ जनाले मात्र मतदान गरेका थिए ।
क्याटेगोरी : राजनीति, शिक्षा, समाचार
ताजा अपडेट
- १ रास्वपा उम्मेदवार आसीकालाई जर्मन दूतावासले सोधपुछका लागि बोलायो
- २ निर्वाचन आचारसंहिता लागू, उल्लंघन गरे १ लाख जरिवानादेखि उम्मेदवारी खारेजीसम्म
- ३ रामेछापबाट कांग्रेस केन्द्रीय सदस्यमा बिनिता
- ४ सुजाताकाे कांग्रेस सभापति गगनलाई बधाई, परिवर्तनलाई स्वीकार्न आग्रह
- ५ रामेछापमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
- ६ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- ७ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ८ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की















प्रतिक्रिया दिनुहोस