मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
रामेछाप – मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसकाे स्ववियु निर्वाचनमा अनेरास्ववियुका सुशील थापा विजयी भएका छन् । मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघका एक सदस्य बाहेक अनरोस्ववियुका उम्मेदवार विजयी भएका छन् ।
निर्वाचनकाे अन्तिम मत परिणाम अनुसार सभापतिमा अनेरास्ववियुका सुशील थापा २०७ मत प्राप्त गर्दै विजयी भएका छन् । निर्वाचनका प्रतिस्पर्धी नेविसंघका विपुल रोका १५२ र अखिल (क्रान्तिकारी) का अनोज भुजेलले ६५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सचिवमा अनेरास्ववियुका मुकेश भण्डारी (डेनिस) १८५ मत प्राप्त गरी विजयी भएका छन् भने नेविसंघका युवराज बुढाथोकीले १६५ र अखिल (क्रान्तिकारी) का सचिव पदका उम्मेदवार विनीता माझीले ७० मत प्राप्त गरेका छन् ।
कोषाध्यक्षमा अनेरास्ववियुकी मशली तामाङ २०७ मत सहित निर्वाचित भएकी छिन भने नेविसंघकी छाया तामाङले १३६ र अखिल (क्रान्तिकारी) का राजकुमार श्रेष्ठले ७९ मत प्राप्त गरेका छन् ।
सदस्यहरूमा अनेरास्ववियका ४ जना उम्मेदवार तुलसा उप्रेती १९१, यलिना माझी १७१, जीवन पहरी २०७ र मनोज श्रेष्ठ २३७ मत प्राप्त गर्दै विजयी भएका छन् भने नेविसंघका कर्ण श्रेष्ठले १७६ मत प्राप्त गर्दै विजयी विजयी हुन सफल भए ।
उपाध्यक्ष र सह–सचिवसहित ७ पद समानुपातिक तर्फबाट समितिमा जाने व्यवस्था रहेको छ । स्ववियु निर्वाचन भएको रामेछाप जिल्लाकै एक मात्र मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा ५३१ मतदाता रहेका थिए भने ४२७ जनाले मात्र मतदान गरेका थिए ।
क्याटेगोरी : राजनीति, शिक्षा, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस