• काेसिस न्यूज
  • मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन


    रामेछाप – मन्थली क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियनकाे अन्तिम मतदाता नामावली प्रकाशन गरेकाे छ । निर्वाचन समितिले आइतबार ५३१ जना मतदाताकाे नाम सार्वजनिक गरेकाे छ ।

    स्वतन्त्र विद्यार्थी युनियनकाे आगामी चैत्र ५ गते हुने निर्वाचनका लागि मन्थली क्याम्पसमा ५३१ जना विद्यार्थीले मतदान गर्न पाउने भएका छन् । निर्मावच समितिले मतदाता नामावलीकाे सन्दर्भमा दाबिविराेधकाे समय सकिएपछि आइतबार साँझ अन्तिम मतदाता नामावली प्रकाशन गरेकाे निर्वाचन अधिकृत नारद थापाले जानकारी दिए ।

    रामेछाप जिल्लाकै एक मात्र स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन हुने क्याम्पस मन्थली क्याम्पस हाे । उक्त निर्वाचनमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले मतदान गर्नेछन् । निर्वाचनका लागि विद्यार्थी युनियनहरु भने तयारीमा जुटेका छन् ।


    क्याटेगोरी : राजनीति, समाचार

    प्रतिक्रिया दिनुहोस