कालिका लघुबित्तकाे बित्तिय साक्षरता
रामेछाप – कालिका लघुबित्त सस्था लिमिटेड मन्थली शाखाले मन्थलीमा एक दिने केन्द्र प्रमुख गोस्ठी तथा बित्तिय साक्षरता क्रायक्रम सम्पन्न गरेको छ । शनिबार संस्थाका सदस्यहरुका लागि वित्तीय शाक्षरता कार्यक्रम गरेकाे हाे ।
उक्त कार्यक्रम मन्थली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा भएकाे थियाे । कार्यक्रम प्रमुख अतिथि वडा अध्यक्ष कार्कीले कार्यक्रमकाे उद्घाटन गर्दै सस्थाका बारेमा बुझेर मात्र कारोबार गर्नु पर्ने भन्दै कुनैपनि कर्जा लिदा आफुले गर्न चाहेकाे ब्यवसायकाे सही योजना बनाएर मात्र कर्जा लिनु पर्ने बताए ।
कार्यक्रमका बिशिस्ट अथिती तथा संस्थाका केन्द्रीय कार्यलयका विभागिय सहायक कृष्ण प्रसाद मैदाली संस्थाको परिचय दिदै सदस्य हरुबाट आएका जिज्ञासाकाे सम्बोधन गरेका थिए ।
त्यस्तै अनुगमन कार्यालय खानिखोला धादिङका अनुगमन प्रमुख हस्त बहादुर पुनले बित्तिय साक्षरता समन्धी प्रशिक्षण दिनुका साथै असल ऋणीको ब्यासायिक सफलताको कथा समेत प्रस्तुत गरेका थिए ।
संस्थाका सदस्य तथा सराेकारवालाहरुलाई वित्तीय शाक्षरता गराउने उद्देश्यले आयाेजनम भएकाे उक्त कार्यक्रममा संस्थाकाे केन्द्र प्रमुख ,उप प्रमुख, प्रतिनिधि , समाजसेवी , सदस्य तथा कर्मचारीहरु गरि ६० जनाको सहभागीता रहेको थियाे ।
कार्यक्रममा संस्थाका चरिकोट शाखा प्रमुख मनिता सुनुवारले कार्यक्रमकाे उदेश्य माथि प्रकाश पार्दै सहभागीलाई स्वागत गरेका थिए भने साखाको प्रगती विवरण तथा कार्यक्रमको सन्चालन मन्थली साखाको साखा प्रमुख गंगा प्रसाद सुवेदीले गरेका थिए ।
क्रार्यक्रममा उत्कृष्ट ऋणी ,उत्कृष्ट बचतकर्ता र उत्कृष्ट केन्द्र प्रमुखलाई पुरस्कार तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने प्रथम हुने केन्द्र लाई नगद रु ३००१ दोस्रोलाइ नगद रु २००१ र तेस्रो हुने लाई नगद रु १००१ साथै प्रथम देखि उत्कृष्ट १० सम्म पर्न सफल केन्द्र लाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
यश कालिका लघुबित्त संस्था लिमिटेडकाे केन्द्रिय कार्यालय कास्कीकाे पोखरामा रहेकाे छ भने रामेछापकाे मन्थली नगरपालिका २ करम्बोटमा शाखा कार्यालय रहेको छ ।

क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- २ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ३ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ४ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म
- ५ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- ६ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ७ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ८ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
















प्रतिक्रिया दिनुहोस