कालिका लघुबित्तकाे बित्तिय साक्षरता

रामेछाप – कालिका लघुबित्त सस्था लिमिटेड मन्थली शाखाले मन्थलीमा एक दिने केन्द्र प्रमुख गोस्ठी तथा बित्तिय साक्षरता क्रायक्रम सम्पन्न गरेको छ । शनिबार संस्थाका सदस्यहरुका लागि वित्तीय शाक्षरता कार्यक्रम गरेकाे हाे ।
उक्त कार्यक्रम मन्थली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा भएकाे थियाे । कार्यक्रम प्रमुख अतिथि वडा अध्यक्ष कार्कीले कार्यक्रमकाे उद्घाटन गर्दै सस्थाका बारेमा बुझेर मात्र कारोबार गर्नु पर्ने भन्दै कुनैपनि कर्जा लिदा आफुले गर्न चाहेकाे ब्यवसायकाे सही योजना बनाएर मात्र कर्जा लिनु पर्ने बताए ।
कार्यक्रमका बिशिस्ट अथिती तथा संस्थाका केन्द्रीय कार्यलयका विभागिय सहायक कृष्ण प्रसाद मैदाली संस्थाको परिचय दिदै सदस्य हरुबाट आएका जिज्ञासाकाे सम्बोधन गरेका थिए ।
त्यस्तै अनुगमन कार्यालय खानिखोला धादिङका अनुगमन प्रमुख हस्त बहादुर पुनले बित्तिय साक्षरता समन्धी प्रशिक्षण दिनुका साथै असल ऋणीको ब्यासायिक सफलताको कथा समेत प्रस्तुत गरेका थिए ।
संस्थाका सदस्य तथा सराेकारवालाहरुलाई वित्तीय शाक्षरता गराउने उद्देश्यले आयाेजनम भएकाे उक्त कार्यक्रममा संस्थाकाे केन्द्र प्रमुख ,उप प्रमुख, प्रतिनिधि , समाजसेवी , सदस्य तथा कर्मचारीहरु गरि ६० जनाको सहभागीता रहेको थियाे ।
कार्यक्रममा संस्थाका चरिकोट शाखा प्रमुख मनिता सुनुवारले कार्यक्रमकाे उदेश्य माथि प्रकाश पार्दै सहभागीलाई स्वागत गरेका थिए भने साखाको प्रगती विवरण तथा कार्यक्रमको सन्चालन मन्थली साखाको साखा प्रमुख गंगा प्रसाद सुवेदीले गरेका थिए ।
क्रार्यक्रममा उत्कृष्ट ऋणी ,उत्कृष्ट बचतकर्ता र उत्कृष्ट केन्द्र प्रमुखलाई पुरस्कार तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो भने प्रथम हुने केन्द्र लाई नगद रु ३००१ दोस्रोलाइ नगद रु २००१ र तेस्रो हुने लाई नगद रु १००१ साथै प्रथम देखि उत्कृष्ट १० सम्म पर्न सफल केन्द्र लाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
यश कालिका लघुबित्त संस्था लिमिटेडकाे केन्द्रिय कार्यालय कास्कीकाे पोखरामा रहेकाे छ भने रामेछापकाे मन्थली नगरपालिका २ करम्बोटमा शाखा कार्यालय रहेको छ ।

क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस