रामेछाप कांग्रेसकाे विवाद चुलिदै ,पदाधिकारीहरुद्वारा केन्द्रीय कार्यालयमा ध्यानाकर्षण

नेपाली कांग्रेस रामेछापकाे विपाद थप चुलिदै गएकाे छ । जिल्लामा पार्टी भित्र रहेकाे विवादका सम्बन्धमा आइतबार केन्द्रीय कार्यालयमा ध्यानाकर्षणपत्र बुझाएका हाे ।
नेपाली कांग्रेस रामेछाप जिल्ला कार्य समितिका पादाधिकारीहरुले आइतवार कांग्रेसकाे केन्द्रीय कार्यालय सानेपामा ध्यानाकर्षण पत्र बुझाएका छन् । पार्टी सभापति पूर्ण बहादुर तामाङ ( कान्छाराम) ले गरेको गतिविधि तथा कार्यशैली पार्टीको विधि विधान र नियमसंगत नभएकाे भन्दै जिल्ला कार्यसमितिका उपसभापति नवराज थोकर, सचिब बिनोद कार्की र सह सचिब कमल योन्जनले संयुक्त रुपमा हस्ताक्षर गरी ध्यानाकर्षण पत्र बुझाएका छन् ।
ध्यानकार्षण पत्रमा उल्लेख भएअनुसार कान्छारामले निर्माण व्यवसायी संघ रामेछापको कार्यक्रममा ‘म कांग्रेस नभई ठेकेदार हुँ । त्यसैले आगामी निर्वाचनमा कुनै ठेकेदारले टिकट पाए पार्टी नहेरी जुनसुकै पार्टीको ठेकेदार भएपनि सहयोग गर्छु’ भन्ने अभिव्यक्तिसमेत दिएका थिए ।
त्यस्तै, लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ रामेछापको जिल्ला अधिवेशनमा कान्छारामले बागमती प्रदेश कार्यसमितिका सदस्य जीतबहादुर मगरलगायत जिल्लाका नेताहरुलाई छानीछानी कुटपिट गर्न लगाएको, आफूहरुलाई उल्टै ज्यान मार्ने उद्योगमा जिल्ला अदालत रामेछापमा मुद्धा हालेर दुःख दिएको उनीहरुले बताएका छन् ।
रामेछाप कांग्रेसका नेतात्रयले कान्छारामको कार्यशैली र विधान विपरितका गतिविधिहरु अन्त्य गरी समन्वयात्मक ढंगबाट अगाडि बढ्ने वातावरण निर्माण गरिदिन आग्रह गरेका छन् । कान्छारामको स्वेच्छाचारी गतिविधिहरु नरोकिए आन्दोलन गर्ने भन्दै उनीहरुले नेतृत्वको ध्यानाकार्षण गराएका हुन् ।
उक्त पत्रमा कान्छारामले शक्ति सन्तुलन, भौगोलिक र समावेशी प्रतिनिधित्वलाई ख्याल नगरी पार्टीमा इमान्दार कार्यकर्तालाई बेवास्ता गर्ने, निष्ठावान नेता तथा कार्यकर्ताहरुमाथि गालीगलौज गर्ने, केही आसेपासेको सल्लाहमा एकलौटी ढंगबाट राजनीतिक नियुक्ती र मनोनित गर्ने गरेको आरोप लगाएका छन् ।
उनीहरुले पार्टी सभापति शेरबहादुर देउवासहित उपसभापतिद्वय ,महामन्त्रीद्वय,नेता शेखर कोइराला लगायतका नेताहरुलाई बोधार्थ(जानकारी)गराई पार्टी केन्द्रीय कार्यालय सानेपामा ध्यानाकार्षण पत्र बुझाएका छन्
।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस