• काेसिस न्यूज
  • नेविसंघ मन्थली क्याम्पसकाे नेतृत्वमा बिपुल राेका


     रामेछाप –   मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीमा मंगलबार सम्पन्न नेपाल  विद्यार्थी संघकाे सातौँ अधिवेशनले बिपुल राेकाकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे छ । अधिवेशनले बिपुलकाे अध्यक्षमा १७ सदस्यीय कार्य  समिति सर्वसम्मत रूपमा चयन गरेको हाे ।

    सर्वसहमत चयन हुनेहरुमा उपाध्यक्ष त्रयमा क्रमशः कर्ण श्रेष्ठ , सुशील भट्टराई र मनीषा काफ्ले रहेका छन् । त्यसै गरी सचिवमा –छाया तामाङ ,सहसचिव –जीवन तामाङ र राकेश श्रेष्ठ चयन भएका छन् । कोषाध्यक्षमा दीक्षा महत  सदस्यहरूमा  नवीन पौडेल , लक्ष्मी माझी, मनिल श्रेष्ठ र  नमुना रोका चयन भएका  छन् । 

    त्यसैगरि अन्य सदस्यहरूमा  बिपना रोका, भावना के.सी,  कमक के.सी,ओमकिन गोले र  अनिशा कार्की चयन भएको  नेविसंघ  जिल्ला समिति रामेछापका उपसभापति विमल पौडेलले जानकारी दिए ।

    अधिबेशन नेपाली काँग्रेस रामेछापका पूर्व महासमिति सदस्य डा.सुमन कर्माचार्यको प्रमुख आतिथ्य तथा क्याम्पस इकाईका सभापति  युवराज थापा मगरको अध्यक्षतामा  भएको हो ।

      त्यसैगरी नेपाली काँग्रेस रामेछापका पार्टी सचिव दीपक खड्का तथा नेपाल विद्यार्थी सङ्घ रामेछापका अध्यक्ष विनोद बुढाथोकी,नेपाल विद्यार्थी सङ्घका जिल्ला उपाध्यक्ष विमल पौडेल लगायतका नेताहरूको उपस्थिति रहेकाे थियोे ।
    अधिबेशनमा वक्ताहरुले प्रजातान्त्रिक र शैक्षिक आन्दोलनमा नेविसंघले खेलेको भूमिकासँगै नयाँ नेपाल निर्माणको अभियानमा नेपाल विद्यार्थी सङ्घले खेलेको भूमिकाका बारेमा आ – ।आफ्नो धारणा राखेका थिए । सो अवसरमा वक्ताहरूले नेविसँघका विद्यार्थिहरुलाई सङ्गठनको भावना अनुसार काम गर्न पनि आग्रह गरेका थिए ।
     


    क्याटेगोरी : राजनीति, समाचार

    प्रतिक्रिया दिनुहोस